हिमपातले बागलुङको पश्चिम क्षेत्र ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र रहेको बिधालय फागुनसम्म विद्यालय नै बन्द

बागलुङको पश्चिम क्षेत्र ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र रहेको ज्योती निम्न माध्यमिक विद्यालय बन्द भएको छ । भारी हिमपात भएपछि फागुन महिनासम्मको लागि विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक शकबहादुर अदैले जानाकारी दिनुभयो । 
बागलुङका ढोरपाटनका स्थानीयबासिन्दाहरु विशेष गरी चिसोको समयमा आजभोलि बेसीमा झर्ने घुम्ती परम्परा भएपनि आजभोलि ढोरपाटनमा विद्युतसेवा पुगेको र घर कुर्नको लागि मानिसहरु ढोरपाटनमा बस्न थालेका छन् ।
मानिसहरुले ढोरपाटन नछाडेपछि स्थानिय बालबालिको अध्यान दुई वर्ष यता ढोरपाटनमै हुने गरेको छ । विद्यालय बन्दभएपछि उक्त विद्यालयमा अध्यानरत ३ सय २५ बालबालिकाको पढाई अबरुद्ध भएको छ ।

अन्य समाचारहरु