लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको प्रचार प्रसारका र्‍याली

– कमला बस्नेत 
रूपन्देही व्यापार संघले आज बुटवलमा बृहत र्‍याली निकालेको छ । बुटवल मण्डपमा भोलीदेखि शुरु हुने लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको प्रचार प्रसारका लागि आज र्‍याली निकालिएको हो ।
 
मेलास्थलबाट बजागाजा,झाकी सहित निस्किएको र्‍यालीले बुटवल बजार परिक्रमा गरेको छ । र्‍यालीमा विभिन्न संघसंस्था,जातजाती र धर्मबाट छुटाछु्टै झाकी प्रस्तुत गर्एिको थियो । र्‍यालीका क्रममा केहि बेर बुटवलमा यातायात सेवा प्रभावित भएको थियो । र्‍यालीमा यस क्षेत्रको थारु समुदायको मयूर नाच,झर्रा नाच, नेवार संस्कृतीको लाखे नाच, पाल्पाली समाजको फागु नाच, मगर समुदायको घाटु तथा सोरठी नाच, गुरुङ समुदायको रोदी, क्षेत्री समाजको सरायं नाच लगायत विभिन्न झाकी प्रस्तुतु गरिएको छ ।
मेलाको तयारी पुरा भएको आयोजकले जनाएका छन् । मेलाका लागि साढे ६ सय स्टल दर्ता भएका छन् । पााचसय स्टल सहभागी गराउने लक्ष्यसहित लुम्बिनी एक्स्पो आयोजना गरिएपनि आयोजकको अपेक्षाविपरित स्टल संख्या झण्डै डेढ सयले वृद्धि भएको हो । सहभागी स्टलहरुमा २६ वटा विदेशी बहुराष्ट्रिय कम्पनीका छन् । 
जसमा चीनका १०, भारतका ८, बंगलादेशका ६ र पाकिस्तानका २ वटा स्टल सहभागी हुने मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष टंक पोखरेलले बताउनुभयो ।उहााका अनुसार मेलामा अटो पेभेलियनतर्फ ६६, कृषि प्रविधितर्फ ६०,सेवामुलक ५८, सूचना प्रविधि र इलेक्ट्रोनिक्स ५८, जुता चप्पल ५८, दैनिक उपभोग्य सामान ८८, गार्मेन्ट्स ९८ वटा स्टल दर्ता भएका छन् । त्यस्तै निर्माण सामग्रीका ३०, घरेलु तथा हस्तकला ५८ र होटल तथा रेष्टुरेन्टका ३३ वटा स्टल मेलामा रहनेछन् ।
लुम्बिनी अञ्चलका प्रमुख पर्यटकीय स्थलको फोटो तथा वृत्तचित्र प्रदर्शन, आर्थिक र पर्यटन विकासका लागि सरोकारवालासाग अन्तक्र्रिया, विश्वकै सर्वाधिक कम तौलको कुखुराको अण्डा, डान्स आईडल प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, अष्ट्रिच चरा, अण्डाको अवलोकन, हेलिकप्टरद्वारा दृश्य अवलोकन मेलाका विशेष आकर्षण हुनेछन् । 

अन्य समाचारहरु