दाङको तुलसीपुरमा प्रहरीले ४० किलो चरेस सहित चार जना पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रुकुमका प्रबेश बोहोरा, रोल्पाका लक्ष्मण बिक, प्रेमबहादुर वली र सेरबहादुर डाँगी रहेका छन् । उनीहरुलाई तुलसीपुर नगरपालिका- ५ नयाँ बसपार्कस्थित एक होटलबाट ४० किलो चरेस सहित पक्राउ गरिएको हो । उनीहरुलाई एकीकृत माओबादी निकट वाईसीएलले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला सचिव सरोज खड्काले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुले सो ४० किलो चरेस भारत निकासी गर्ने तयारी भईरहेको अवस्थामा वाईसीएलले उनीहरुलाई चरेस सहित नियन्त्रणमा लिएको खड्काले जानकारी दिनुभयो ।
दाङका प्रहरी प्रमुख लोकेन्द्र मल्लले घटनाका बारेमा थप अनुसन्धान भई रहेको र उनीहरुलाई कानुन अनुसार कार्वाही हुने जानकारी दिए ।