वेल्जियमको लागि नेपाली राजदुत राममणी पोखरेलद्धारा नेपाली मिडियाहरु प्रति खनिएका छन । गैरआवासीय नेपाली संघ वेल्जियमको वार्षिक साधरण सभामा मुख्य अतिथिका रुपमा उपस्थित भएका राजदुत पोखरेलले वेल्जियममा रहेका नेपालीहरु तथा नेपाली सस्थाहरुका विरुद्द तितो पोखे । राजदुतले आफ्नो मन्तव्यका क्रममा नेपाली समाजले विगतमा लेखेर विरोघ गरेको भए पनि उनलाइ अव भौतिकरुपमा नै आक्रमण हुन सक्ने भन्दै आफुलाइ डर रहेको वताए । एनआरएन वेल्जियमको साधरण सभामा शुभकामना मन्तव्य राख्ने क्रममा वेल्जियममा रहेका विभिन्न संघ सस्थाले नेपाली दुतावासको गतिविधीहरु नेपाली समुदाय अनुकुल नभएको र नेपालीहरुले राजदुतावासवाट दुख पाएको कुरा चर्को रुपमा उठाएका थिए ।
आफु कुटनैतिक व्यक्ति भएको र गाली पनि कुटनैतिक रुपमा नै गर्न अनुरोध गर्दै राजदुत र राजदुतावासको विरुद्दमा नलेख्न चेतावनी दिदै उनले भने यदी कसैले लेख्छ भने त्यो ठीक हुदैन । वेल्जियमको इप्पर भन्ने स्थानमा वनाउन लागिएको वीर गोरखालीहरुको स्मारक निर्माणमा यहाँको एक पुरानो नेपाली समाज तमुहरुले अग्रसरता लिए पछि राजदुतावास नेपाली समुदायसंग चिडिएको वताइएको छ ।
वेल्जियममा राजनैतिक तवरवाट राजदुतमा नियुक्ती भएर आएका राजदुत वेल्जियममा आए देखि नै नेपालीहरुले पाउनु पर्ने सेवा र सुविधा नपाएको । वेल्जियमा रहेका नेपालीहरु खास गरि जातीय सस्थाहरु पनि अनुदार भएको र विभेदकारी नीति लिएको भन्दै राजदुतलाइ सार्वजनिक रुपमा नै यहाँका मुख्ख मख्य सस्थाहरुले व्यक्तव्य नै निकालेर विरोध गरेका थिए । स्मरणीय छ यि राजदुत वेल्जियममा आए देखी नै वेल्जियमा रहेका नेपाली संघ सस्थाहरुका विचमा रहेको मैत्रीपूर्ण वातावरण खलवलिएको छ।
युट्युबमा हेर्न यहाँ किल्क गर्नुस् …
http://www.youtube.com/watch?feature=player_embedded&v=FxdOAqIEcig#!