चितवन शारदानगरका एक युवक मृत अवस्थामा भेटिए

चितवन  । चितवन शारदानगरका एक युवक मृत अवस्थामा भेटिएका छन् ।  चितवन पार्वतीपुरका २२ वर्षीय सन्तोष शाही मृत अवस्थामा आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

शहीद स्मारक कलेज शारदानगरमा कक्षा १२ मा अध्ययन गर्ने शाही कंकाली डाँडामा पिकनिक खाएर मंगलबारराति साथीको घरमा बास बसेका थिए । शौचालय गएको एक घन्टासम्म पनि नफर्केपछि ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको र उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

RSS

अन्य समाचारहरु