– कृष्ण खनाल
बुटवल – बुटवलमा रहेर विगत लामो समय यता लोकसांगीतिक क्षेत्रमा लागिपरेकी गायिका कला पंगेनीको नया एल्बम मुहार हसिलो बजारमा आएको छ ।
वि.स.२०६५ सालमा बोले हुन्नर, ०६६ सालमा आशु झारेर,०६७ सालमा रुन्न कहिल्यै नि र लाहुरेको छोराले तीज गीत एल्मब बजारमा ल्याई सकेकी पंगेनीले यो नया एल्बम बजारमा ल्याएकी हुन ।
तीजको गीती एल्बम हाम्री चेली र तिजको बर्त बसेकैले लगायतका यल्बमहरु यस अगाडी नै बजारमा आईसकेका छन ।
पछिल्लो समयमा बजारमा आएको एल्बममा मुहार हरीलोमा कान्छीको मुहार अहिलो काले काले ज्यु कसिलो बली रसिलो बोलको एउटा मात्र गीत समावेस गरिएको छ ।
कला पंगेनी र कुलेन्द्र विकको श्वर रहेको गीतमा संगीत करण न्यौपानेले दिएका छन । आगामी दिनमा दिल भित्र नामक एल्बम समेत बजारमा ल्याउने तयारी रहेको उनको कला पंगेनीका श्रीमान तथा संगितकार दुर्गा पंगेनीले जानकारी दिए ।
घिन्ताड्ड म्युजिक मार्फत बजारमा आएको गीतको सिआरविटी ०१६००१८५७१ र पिआरविटी ६०५२००३७ रहेको छ । गीतको म्युजिक भिडियो समेत तयार भईसकेको जनाइएको छ ।