अर्घाखाँची टाईम्स भारत डेस्क – भारत भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग भारतका विभिन्न निकायमा रहेका प्रवासी नेपालीहरु तथा भारतिय गोर्खालीहरुले भेट गरेका छन ।
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले राखेको रात्रिभोजमा आमन्त्रित विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, ब्यापारिहरु, विधार्थी बुद्धिजिवीहरु, दुतावासका कर्मचारीहरु र पत्रकारहरु राष्ट्रपतिसँगको भेटमा सरिक भएका हुन । भारतिय कुटनिती नियोगका विशिष्ट ब्यक्तित्वहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा भाषा भाषी नेपाली एवं भारतिय गोर्खालीहरुको पनि सहभागिता थियो ।
भारतिय राष्ट्रपति प्रणव मुखर्जी, युपिए अध्यक्ष एवं भारतिय काँगे्रस पार्टिकी नेतृ सोनिया गान्धि, प्रम डा. मनमोहन सिंह लगायत अन्य विशिष्ट ब्यक्तित्वहरु सँगको भेटघाट सम्पन्न भइसकेपछिको दुतावासको रात्रि भोज कार्यक्रममा विभिन्न संघ संस्थाहरुले राष्ट्रपतिलाई आ