दोलखा । दोलखाको मार्बु गाविसमा रहेको खानीखोला जलविद्युत आयोजनामा काम गर्ने २ मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा मार्बु गाविस ५ का दिलबहादुर गुरुङ र सिन्धुपाल्चोक साङटाङकोटका बोढे बाइवा छन् ।
आयोजनाको सुरुङ बनाउने क्रममा बम पड्काउँदा पहिरो आएर उनीहरुलाई पुरेको प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
-rss