बाग्लुङ अर्जेवाको जङ्गलमा एक महिलाको बेवारिसे अवस्थामा शव भेटियो

बाग्लुङ अर्जेवाको जङ्गलमा एक महिलाको बेवारिसे अवस्थामा शव भेटिएको छ । 
ढाकाको चोली लगाएको र साथमा कालो झोला लिएको अन्दाजी ५० बर्षकी महिला अर्जेवाको सामुदायिक रानीवनको रातोमाटो कुवामा मंगलवार विहान शव फेला परेको स्थानीय जनशिक्षित माविका सहायक प्रध्यानाध्यापक तुलबहादुर थापाले बताउनुभयो । 
घटनावारे थप अनूसान्धनका लागि बेलबगर प्रहरीचौकीको एक टोली घटनास्थल पुगेको थापाले जानकारी दिनुभयो ।

अन्य समाचारहरु