त्रिलोचन कोइराला,
अंग्रेजी महिनाको नव बर्ष सन २०१३ को अवसर पारेर युएईमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । स्थानिय स्तरमा चिरपरिचित पाथिभरा माउन्ट एभरेष्ट युबा क्लबले जनवरी १ मा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको हो ।
खेलकुदको माध्यमबाट प्रवासी नेपालीहरुलाई मनोरन्जनको तथा भाइचाराको एक सुत्रमा बाधने भन्दै आयोजना गरिएको भलिबल प्रतियोगिता डिसेम्बर २८ र जनवरी १ दुई दिन सञ्चालन भएको थियो। सन २०११ देखी बर्षेनि खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले यस बर्ष बिभिन्न १४ टिमले प्रतियोगितामा सहभागिता जनाएको क्लब सचिब किष्ण पौडेलले बताए।
युएई एक्सेजको प्रयोजनमा सम्पन्न प्रतियोगिताको मैत्रिपूण फाइनल खेलमा डल्सको दुबाई टिमलाई ढोरपाटन बाग्लुङ टिमले हराउदै उपाधी आफनु पोल्टामा पार्न सफल भयो। प्रतियोगिताको बिजेता टिमलाई पुरस्कार १००० दिराम ट्फी मोडल तथा सर्टिफिकेट तथा उपबिजेता टिमलार्इ पुरस्कार ५०० दिराम ट्फी मोडल तथा सर्टिफिकेट प्रदान गरिएको प्रतियोगिताको सबै भन्दा राम्रो खेलाडी स्याङजाका पदन क्षेत्री घोषित भए उनलाई ट्रफी मोडल तथा सर्टिफिकेट प्रदान गरी पुरस्क्रीत गरिएको थियो।
दुबाईको अल्कोज खेलमौदानमा महेन्द्र राई र किष्ण पौडेलले संचालन गरेको खुल्ला भलिबल प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी भुबन राई, सभापति क्लब अध्यक्ष शिब गुरूङ रहेका थिए।