स्याङजा सहयोग समाज युएईको सास्कृतिक कार्यक्रम सम्पन्न

गिता मणि पाण्डे युएई डेस्क


गत सुक्रवार ०४्र।२०१३ का दिन स्याङजा सहयोग समाज युएइले वर दुवईको अस्टोरिया होटलमा नया वर्षको शुभकामना सहित सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जसको सभापतित्व समाजका अध्यक्ष भुपति न्यौपाने र  प्रमुख अतिथी खुमन अधिकारि , जमुना रानाको उपस्थितीमा औपचारिक कार्यक्रम लक्ष्मण खनाल र सास्कृतिक कार्यक्रम धनञ्जय मास्केले सन्चालन गरेका थिए ।


    अतिथीको रुपमा पुर्षोत्तम पाण्डे , चन्द्र रोकाहा , यमलाल शर्मा ,सुर्यमान संकर ,लोक सुवेदि ,अर्जुन दाहाल , सन्तोष प्रसाई ,गोपाल कडेल ,उत्तम अधिकारि ,लगायत  सघ संस्थाका प्रमुख तथा  प्रतिनिधीहरु , स्पोन्सरहरु ,व्यवसायिक , वुद्धिजिवीहरु ,समाजसेवि , पत्रकार लगायतको वाक्लो उपस्थिती थियो स्याङजा सहयोग समाज युएइ २०११ मा  स्थापना गरि रोजगारिको सिलसिलामा युएईमा रहेका स्याङजा वासिहरुलाई गोलवन्द गर्दै ख्याति प्राप्त कलाकारहरु लाई ल्याएर खुमन अधिकारी र जमुना रानाको वेजोड प्रस्तुतीलाई अग्रेजि नया साल शुभकामना का साथ भव्य सास्कृतिक कार्यक्रम गरेको हो ।

  सभापति र अतिथीवाट साथमा रिवन काटेर उद्धघाटन गरीएको थियो । स्वागत मन्तव्य दिदै एकेन्द्र वहादुर थापाले   स्याङजा जिल्ला लोक गित का धनि स्वरको उर्वरा शक्ति भएको भनेर जिल्लाको वारेमा जानकारि गराउदै कार्यक्रममा आउनु हुने सम्पुर्ण नेपाली दाजु भाई दिदी वहिनीहरु लाई स्वागत गर्दै धन्यवाद दिएका थिए । स्थानिय कलाकारहरुको पनि राम्रो प्रस्तुतिले दर्शक अतिनै उत्साहित थिए जसमा आरति भण्डारि , जोवान मेरै हो ढल्क्यो ढल्क्यो जोवान तिमी तिर ढल्क्यो भन्ने गित , छवि किरणको प्रस्तुति जम्का भेट भयो ,सिला राना मगर भुवनको  मेरो मायाको फुल तिमीलाई ,दिपिका गुरुङ मै हु भाग्य मानि , गोपि क्ण्ण पंगेनि ,नारायण न्यौपाने,दिपक गुरुङ , यज्ञप्रसाद भटटराई ,शिवराज कडेल ,सिमालामीछाने , दुर्गा लिम्वु लगायत का कलाकार हरुको प्रस्तुतिले दर्शकहरु अतिनै खुसि देखिन्थे


 अहिले सम्म ५००० भन्दा पनि धेरै लोक गित गाइ सकेका नेपालका ख्याति प्राप्त कलाकार  आजका प्रमुख  अतिथी खुमन अधिकारिले तेहा उपस्थित युवा युवतिको मन छुने खालका लोक गित