– लक्ष्मण खनाल युएई
नेपाली जनप्रगतिशिल मञ्च युएईले संगठन विस्तार क्रममा अलएन क्षेत्रमा क्षेत्रिय कमिटि गठन गरेको छ ।
अलएन क्षेत्रको जली पार्कमा एक भेलाको आयोजना गरी विनोद श्रेष्ठ (क्रान्ति)को अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरेन्द्र योञ्जन रहनुभएको छ भने सचिवमा राम बहादुर थापा , सहसचिवमा गोपाल पौडेल , कोषाध्यक्षमा विशाल गुरुङ रहनुभएको छ त्यसैगरी सदस्यहरुमा क्रमशः रामकाजी भण्डारी, गेहेन्द्र गुरुङ, मिलन पाङगो र रोशन स्याङतान लामा रहेका छन । विषेश सल्लाहकार मा मोहन राई र रिद्दीमान स्याङतान लामा रहेका छन ।
मञ्चका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष सुर्यकान्त सेढाइ तथा वुद्धिजिवी विभाग प्रमुख पिताम्बर पोखरेलको आतिथ्यता रहेको उक्त भेलाको अध्यक्षता नरेन्द्र योञ्जनले गर्नु भएको थियो भने सञ्चालन विनोद श्रेष्ठ क्रान्तिले गर्नुभएको थियो । साथै अतिथिद्वयले भेलामा उठेका प्रश्नहरुको प्रतिक्रिया तथा वर्तमान राजनैतिक विषवस्तुहरुमा प्रष्ट पादै प्रवासमा नेपालीहरुले भोग्नुपरेका समस्याहरु र जनप्रगतिशल मञ्चको उद्देश्य र विषेशताहरु प्रकाश पारेका थिए ।