युएइमा सप्रिः ल्होसार २०१३ मनाउने तयारी अन्तिम चरणमा

तमु समाज युएइको आयोजनामा हुन लागेको सप्रिः ल्होसार को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी ११ जनवरी २०१३ का दिन आबुधाबीको इन्डियन इस्लामिक सेन्टरमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजक समितिका संयोजक तथा तमु समाज युएई क्षेत्रीय समिति आबुधाबीका अध्यक्ष श्याम तमुले दिएका छन । 
गत ४ जनवरी 2013 का दिन सम्पन्न युएई तमु ल्होसार (सप्रिः ल्हो) आयोजक समितिको अन्तिम तयारी बैठकले सो निष्कर्ष निकालेको हो । 
नृत्य कलामा लामो समय देखि प्रसिक्षक रहेका,विभिन्न चलचित्रहरुमा नृत्य निर्देशन गरि सक्नु भएका वरिष्ट नृत्यकार धर्म गुरुङ, नेपाल टेलिभिजन द्वारा प्रशारित लोकप्रिय नृत्य प्रतियोगिता छमछामीमा अधिराज्य भरबाट दोश्रो स्थान हासिल गर्न सफल निर्त्यन्गना पुर्णिमा श्रेष्ठ, चर्चित टेलि श्रीखाला मेरी बास्सैका लोकप्रिय हाँस्य जोडी धुर्मुस र सुन्तलीको जोडदार प्रस्तुति रहने कार्यक्रममा यूएईका स्थानिय कलाकारको समेत बेजोड प्रस्तुति रहने छ । 
  
राष्ट्रिय एवम स्थानिय  कलाकारको बेजोड प्रस्तुति रहने सो ल्होसार सुमधुर साँझमा रमाउन उपस्थिती जनाउनु हुन युएईमा रहेका सम्पूर्ण तमु तमुस्योहरु र अन्य नेपाली दाजुभाई दिदि बहिनिहरुलाई तमु समाज युएईले अनुरोध समेत गरेको छ । 
दर्शकहरुको सुविधालाई मध्यनजर गरि आबुधाबीको मुसाफा , दुबइको जेबेलअलि, बरदुबई, अलकुज, सोनापुर, शारजाह, अजमान रसल्खेमा, अलएनबाट आयोजकले नै यातायातको व्यबस्था मिलाएको छ । 
तमु समाजका अध्यक्ष डिआर गुरुङले दिएको जानकारी अनुसार कार्यक्रमको टिकट तथा यातायातको विभिन्न ठाउँमा निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सकिने छ । 
अबुधाबी : गुन्जमान तमु (0557072099)
 मुसफा : श्याम तमु (055438048)
डी आइ पी : नारायण तमु (0557245428)
जेबेलअलि : खेम तमु 0554493071
बरदुबई : भोजराज घले (0558146107)
देरा दुबई : हरि तमु 052 7055024)
शारजाह : इन्द्र तमु (0554804010)
अजमान : रमेश तमु (0502089148)
सोनापुर अल्कुज़: होम तमु (प्रविन ) – 0556028252
अलएन : सुबाश तमु (055 8366809)