– त्रिलोचन कोइराला
यूएईमा रहेका प्रकृति पूजक किरात राईहरुले गत जनवरी ४ तारिखका दिन खुला चौरमा बसेर आफ्नो धार्मिक साकेला उधौली पर्व धुमधामकासाथ मनाए ।
ढोल, झाम्टा, चम्मर, सेउला बजाउदै कुनै जात जति भेदभाब बिनै उपस्थित किरात राई तथा गैर किरातीहरुको बाक्लो उपस्थितिमा खुल्ला पार्कमा मनाइएको साकेला पर्बमा जातीय पहिचान दर्शाउने पहिरनमा सजिएका किरात राई तथा आमन्त्रित अतिथिहरुले सगोलमा सोइ ढोले सोइ अर्को ढोले खोइ……………. जस्तै प्रकितिप्रेमी गीत गाउदै गोलाकार बनेर नृत्य गरेका थिए ।
नेपाली मन, माटो, जातीय पहिचानको लागि सन २००५ देखि युएइमा साकेला पर्ब मनाउने गरिएकोमा यस बर्ष खुल्ला पार्कमा साकेला मनाउन पाउदा ज्यादै रामइलो भएको किरात राई यायोख्या युएईका सल्लाहकार भुबन राई बताउछन । उनका अनुशार मौषम परिबर्तन हुदा बर्षमा दुई पटक किरात राईहरुले साकेला मनाउने गर्दछन । गर्मी समयमा पंक्षी जिबजन्तु हिमाल तिर जाने हुदा गर्मि याममा उभौलि साकेला र जाडो याममा तराई तिर झर्ने हुदा जाडो याममा मनाइने साकेलालाई उधौली साकेला भन्ने गरिएको हो ।
बाध्यात्मक कारणले परदेशी जिबन बिताउनु परेपनि आफ्नु धर्म संस्कृति आफ्नु मन बाट हटाउन नसकिदो रहेछ, यो परदेशको माटोमा पनि हामी प्रकृति पुजक किरातहरु विश्व शान्तिको कामना गर्दै साकेला पर्ब मनाएको किरात राई यायोख्या युएईका अध्यक्ष उमेश राई बताउछ्न । उनि थप्छन विश्वमा प्राकृतिक बिपत नपरोश, जीबन खुसिरहोश, शान्ति फैलियोश भन्ने कामना गर्दै युएइमा साकेला मनाइएको हो ।
किरात राई यायोख्याले आफनो प्रचारको लागि बनाएको टिसर्ट सार्बजनिक गरिएको साकेला कार्यक्रममा कबि बिद्रोही काईलाको कबिता संग्रह एक किलो जंगल पुस्तक पनि बिमोचन गरिएको थियो । कार्यक्रममा युएइको सांगीतिक समूह भूमिपुत्रले कार्यक्रम वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो ………. रेशम फिरिरी उडेर जाउंकि ……….. लगायत आधा दर्जन नेपाली लोकगीत प्रस्तुत गरेको थियो ।
दुबाईमा नब बर्षको चहलपहल बढे संगै बिभिन्न सस्थाको कार्यक्रम एकसाथ जुधे पनि दर्शकको उत्साहाजनक बाक्लो उपस्थिति बिच सम्पन साकेला नाच पार्कमा बिभिन्न बहानामा आएका विदेशीहरुले पनि साकेला नाचलाई अभिरुचिकाशाथ हेरेका थिए । यसरि हेर्ने बिदेशी दर्शकहरुमा किरातीहरुको अनुहार मिल्ने फिलिपिनीहरुको संख्या बडी थियो । फिलिपिनीहरुपनि टाडा बाट नै साकेलाको नक्कल गरिरहेका देखिन्थे ।
किरात राई यायोख्या युएइले आयोजना गरेको कार्यक्रमको शुरु र अन्त्यमा पिकनिक स्वरुप जलपान गराइएको थियो ।