युगान्डा, अफ्रीका – ‘विश्व शान्ति मानव भाइचारा नेपाली पहिचानका लागि पर्यटन प्रवर्धन’ भन्ने नाराका साथ विश्व माझ नेपाललाई चिनाउने उदेश्य बोकी नेपाली चन्द्र सुर्य झन्डा बोकेर हिँड्नु भएका बिरेश दाहाल र जनार्धन खनाल विश्वका विभिन्न देशहरुलाई छिचोल्दै अफ्रीकाका पनि इजिप्ट, केन्या, युगान्डा, ब्रून्दी, कंगो, लगायतका देशमा चन्द्र सुर्य झन्डालाई फहराउँदै तान्जानिया पुग्नु भएको छ ।
विभिन्न देशमा नेपालीको अपार माया पाएर नै यहाँ सम्मको यात्रा सफलताको साथ तय गरेको बताउने दाहाल र खनाल अघिको यात्रामा पनि नेपाली दाजुभाई तथा दिदीबहिनीको सहयोगबाट नै लक्ष्य प्राप्त हुने बताउनु भयो ।
उल्टो साइकल यात्री बिरेश दाहाललाई गत हप्ता तान्जानियामा साइकल ठक्करबाट साधारण चोट पटक समेत लागेको थियो ।
उल्टो साइकल चलाएरै लक्ष्य प्राप्त गर्ने साहसिक सोच बनाउनु भएको बिरेश दाहालको जीवनीमा आधारित डकुमेन्ट्री NRN तान्जानियाको आयोजनामा तान्जानियाको पटेल हाउसमा दिउँसो ३ बजे हुन गैरहेको NRN तान्जानियाक़ा अध्यक्ष रमेश रिजालले बताउनु भयो ।
यो प्रदर्शनले तान्जानियामा छरिएर रहेका नेपाली लाई गोलबन्ध गर्ने दाबि जनार्दन खनालको छ ।