स्याङ्जाको वालिङमा रहेको पशु सेवा कार्यालय वालिङका कार्यालय सहयोगी रुद्र पौडेल कार्यालय हातामा नै मृत अवस्थामा फेला पर्नु भएको छ ।
मंगलवार बेलुकी वास वस्नका लागि कार्यालयमा पुगेका ४६ वर्षिय पौडेल वुधवार विहान कार्यालयको वरान्डामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पर्वतको कार्कीनेटा गाविस वार्ड नं २ का पौडेल विगत ७ वर्ष देखि पशु सेवा कार्यालय वालिङमा कार्यरत हुनुहुन्थ्यो ।
मृतक पौडेलको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । मृत्युको कारणवारे अनुशन्धान भईरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।