सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बाजुराको उत्तरी क्षेत्रमा केन्द्र बिन्दु रहेर आज दिउँसो दुई पटक भूकम्प गएको हो ।
सुरुमा १ वजेर २९ मिनेटमा ५ दशमलव ५ रेक्टर स्केल र त्यसपछि पुनः १ बजेर ४३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको सुर्खेतस्थित भूकम्पमापन केन्द्रका प्राविधिक नरेश महर्जनले जानकारी दिए ।
एक साताभित्रै सुदूरपश्चिममा भूकम्प गएको यो तेस्रो पटक हो ।
भूकम्प गएपछि कैलाली, सुर्खेत, बझाङ, बैतडी, डोटीलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।
भूकम्पको ठूलै धक्का महसुस भएको तर अहिलेसम्म क्षतिको कुनै विवरण नआएको बाजुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनक पाण्डेले बताए ।
फेरि भूकम्प जान सक्ने भन्दै सावधानी अपनाउन भूकम्प मापन केन्द्र सुर्खेतले सबैलाई अनुरोध पनि गरेको छ ।