-त्रिलोचन कोइराला,
युएई – युएईमा सप्री ल्होसार मनाइएको छ । बिबिध सास्कृतिक कार्यक्रमका बिच सप्री ल्होसार मनाइएको हो । तमु जातीको महानर्पव सप्री ल्होसार २०१३ अवसरमा तमु समाज युएईले एक बिशेष कार्यक्रम आयोजना गरेर नेपाली कला संस्कृति अनि पहिचानको निम्ति कुनै भूगोल र माटोले रोक्न सक्दैन भन्ने एक उज्वल उदाहरण दिएको छ।
जनवरी ११ शुक्रवार अबुधाबीको इन्डियन इस्लामिक सेन्टरमा तमु जातिको जातीय पोशाक, जातीय झाक्री, तथा जातीय संस्कृतिक पहिचान र्दशाउने कार्यक्रम आयोजना गरेर नेपाली कला संस्कृतिको पहिचानलाई जोगाइराख्न प्रवासी माटोमा पनि केहि र्गन सकिन्छ भन्ने उदाहरण दिएको छ।
शास्त्र हराए परम्परा हराउछ। परम्परा हराए संस्कृति हराउछ। संस्कृति हराए अस्तित्व हराउछ। स्वगनका साथ आयोजना गरिएको सप्री ल्होसार २०१३ बिशेष कार्यक्रममा तमु जातिको पहिचानको रुपमा रहेको जातीय झाक्री, सोरठी तथा तमु जातीय नृत्य, भेषभुषा प्रतियोगिता, एबम र्सपर्बगमा प्रवेश गरेका तमुहरुलाई र्धमगुरु खुसिलाल गुरुङले र्धामिक परम्परा अनुसार आर्शिबाद दिएर नेपाली तमु जातीकों र्धामिक, जातीय, सांस्कृतिक पराम्परा अनुसारको कार्यक्रम गरिएको आयोजकले बताएको छ।
तमु जातीको महानर्पव तमु ल्होसार पौष १५ गते मनाउने परम्परा भएपनि बिदेशीभूमिमा समय अनुकूलता कारण पौष २७ गते मनाइएको कार्यक्रममा राष्टिय कलाकारहरु नेपालि हास्यब्यंग दम्पति जोडी सिताराम कटेल र कुन्झना घिमिरे, नित्यनिर्देशक र्धमराज गुरुङ तथा चर्चित नृत्यगना र्पुणीमा श्रेष्ठको साथमा स्थानीय नेपाली कलाकारहरुको धमाका प्रस्तुतीले हलमा खचाखच दर्शकले सप्री ल्होसार २०१३ बिशेष मनोरन्जन लिएका थिए।
तमु सप्ह्री ल्होसार २०१३ बिशेष कार्यक्रमको प्रमुख अतिथि युएईका लागी नेपाली दुताबासका महामहिम राजदुत धनञ्जय झाले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे पछि तमु कलाकारहरुले शुभकामना आयो ल्होसार स्वागत गीत र्माफत सांगीतिक कार्यक्रम आरम्भ गरे। तमु संगित र्माफत कलाकार दम्पति अमृत तथा पवित्र तमुले स्वागत नित्य गरिएको कार्यक्रममा अधिकांस स्थानीय कलाकारले तमु गीत संगीतमा आफ्नु प्रस्तुती देखाएका थिए।
अतिथि कलाकार र्धमराज गुरुङ तथा पुर्णिमा श्रेष्ठले कौडा नृत्य, लोकनृत्य, तमु संस्कृतिक युगल आधा र्दजन गीतमा आफ्नु प्रस्तुती देखाएर युएईका दर्षकलाई सांगीतिक आनन्द दिए। र्धमराज गुरुङ तमु चलचित्र तथा नेपाली लोकगीतमा नृत्यनिर्देशकको रुपमा चर्चित छन भने पुर्णिमा छमछमी नृत्य प्रतियोगीता भाग २मा दोस्रो भएर हाल विभिन्न गीति भिडियोमा नृत्यकारको रुपमा काम गरिरहेकी छिन।
हास्य टेलिफिल्म मेरीबासैका कलाकार सिताराम कटेल र कुन्झना घिमिरेले चर्चित पात्र र्धुमुश सुन्तलीको भूमिकामा समयसामाहिक देशको राजनीति, शान्ति, संबिधान, नेता विकृतिलाई प्रहसन सच्चा नागरिक मार्फत चोटिलो व्यंग्य गरेका थिए। कलाकारको प्रहसनको बेला देशभक्ती, राष्ट्रियता अस्मिता अनि परदेशिनुको पीडालाई हास्यब्यंग्यमा प्रस्तुत र्गदा दर्शकले जोडदाररुपमा तालीले साथ दिएका थिए। कलाकार सिताराम कटेलले एकल पहसन खडकाजी र्माफत र्दसकलाई युएई र नेपालको वास्तविक फरकलाई मनोराजनात्मक रुपमा प्रस्तुत गरेर दर्शकलाई मजाले हसाउदै मनोरञ्जन दिए। तमु पेरि संघले तमु सांस्कृति सोरठी नृत्य प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा अतिथि कलाकार पुर्णिमा श्रेष्ठको चौबन्दी चोली रातो झाघर, कुन्झना घिमिरेको “छुनलाई होइन र्हेन चै पाइन्छ” आइटम नृत्य तथा महिला पहिरनमा कलाकार दीपक गुरुङको लोकनृत्य सुनखरी सुनागाभा संगै स्थानीय कलाकारहरु राजेश घले, निच्चल श्री, धनराज गुरुङ सिमा गुरुङ लगायतको गीत प्रस्तुती मीना गुरुङ नमुना गुरुङ, पवित्र गुरुङ, अमृत गुरुङ लगायतको एकल तथा युगल नृत्यले दर्शकको मन जितेको कार्यक्रममा अमृत तमु लगाएतको संगीतिक ब्यान्डले आधार्दजन लाइफ गीत प्रस्तुत गरेर दर्शकको हुटिंग पाए उनीहरुले गीत गाउदा अतिथि कलाकार कुन्झना घिमिरे, तमु समाजका संरक्षक याम तमु लगायात दर्शकहरुले नाचेर साथ दिएका थिए।
भब्यताका साथ सम्पन्न तमु सप्री ल्होसार २०१३ बिशेष कार्यक्रममा तमुहरुको आफनै भेषभुषाको पहिचानलाई स्थापित गर्न कार्यक्रममा तमु पोशाक प्रतियोगिता पनि भएको थियो। प्रतियोगितामा सहभागी १८ प्रतियोगीलाई उछिन्दै महिलाहरुबाट नमुना तमु र पुरुषहरुबाट नारायण तमुले ताज पहिरीएका थिए। यसैगरी उपस्थिति अतिथि तथा र्दशकमा वितरण विक्री गरिएको भाग्यसाली चिठ्ठा योजनाको पुरस्कार पहिलो प्रकास पौडेल, दोस्रो प्रकृति गुरुङ, तेस्रो पुस्कर तमुले जितेका थिए। उक्त भाग्यसाली उपहार योजनाको प्रथम पुरस्कार बिजेता कमेडी गायक प्रकाश पौडेलले आफ्नु प्रथम उपहार मेरीबसैका कलाकार धुर्मुश सुन्तलीलाई उपहार दिएर दर्शकको ताली पाए।
तमु समाज युएईको स्थापन देखि निरन्तर सक्रीय रहेर समाजको उन्नति प्रगतिमा काम गरेको भन्दै समाजले गोपाल तमुलाई सम्मान गरेको कार्यक्रममा सम्पूर्ण अतिथि कलाकारलाई नेपाली कलासंस्कृतिको बिकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो। सोहि कार्यक्रममा जनजाती महासंघ युएईले जनजाती महासंघको बिकाश तथा संचालनमा महत्योर्पुण सहयोग पुर्याएको भन्दै राजु गुरुङलाई सम्मान गरेको छ।
तमु समाज युएई अबुधाबी क्षेत्रियसमितिको ब्यबस्थापनमा सम्पन्न तमु सप्री ल्होसार २०१३ कार्यक्रममा गुन्झमान गुरुङ, पवित्र गुरुङ, प्रकृति गुरुङको संचालनमा समाजका अध्यक्ष डिआर गुरुङको सभापतित्वमा र्कायाक्रम सम्पन्न भएको थियो।