– उमाकान्त पाण्डे गाउंले
दुबइ,पुष २९ – युएईमा छरिएर रहेका बागलुङेलीहरुको चौतारी बागलुङ सेवा समाज यूएईले बिबिध कार्यक्रमका साथ प्रथम वार्षिक उत्सव मनाएको छ । बागलुङ सेवा समाज युएईले आफ्नो एक बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेको अवसरमा गत ११ जनवरी २०१३ शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा प्रथम बार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि समाजका वरिष्ठ सल्लाहकार चित्रबहादुर केसी,बिशेष अतिथि नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल र बागुल्ङ सेवा समाज यूएईका अध्यक्ष गोपाल कंडेलले सम्युत्त रुपमा दीप प्रज्योलन गरि गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तेजेन्द्र खरेलले शुभकामना मन्तव्य राखेका थिए भने कोषाध्यक्ष पिताम्बर पाण्डेले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तैगरी समाजको वार्षिक कार्य प्रगति प्रतिवेदन उपाध्यक्ष पूर्ण सापकोटाले प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिए अनुसार आजीवन सदस्य १० जना, सक्रिय सदस्य ३० जना र साधारण सदस्य ११४ जना रहेको सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा भनीए अनुसार आजीवन सदस्य शुल्क बापत प्रतीब्यत्ती २ सय ५० , सक्रिय सदस्यको ५० र साधारण सदस्यको शुल्क १२ धिराम्स लिएको र त्यस मार्फत सकंलित रकम र सबै विवरण गरी हालसम्म समाजमा ८ हजा ९ सय ४६ धिराम्स रहेको खुलासा गरिएको छ ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल,नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल,गैरआवासीय नेपाली संघ युएईका महासचिव सन्तोष प्रसाइ,धादिङ समाज युएईका प्रतिनिधि भिम अधिकारी,गोरखा समाज युएईका अध्यक्ष भिम श्रेष्ठ, नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ सेवा समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष भिम केसी,अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्का,नेपाली एकता समाज युएईका वरिष्ठ सल्लाहकार शिवराज जैसी, गुल्मी सहयोग समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गौतम,नेपाली महिला समितिकी अध्यक्ष राधा ढकाल, स्याङ्जा सहयोग समाज युएईका महासचिव भुपराज बस्याल,नेपाल विश्व सहयोग संघका अध्यक्ष महाप्रसाद धिताल, लागयतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी,महिला र पत्रकार तथा बाग्लुङेलीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकाशंले प्रवास त्यो पनि खाडी भूमिमा आफ्नो कार्यव्यस्तताका बिच बचेको समयलाई सदुपायोग गरेर सामाजिकक्षेत्रमा योगदान पुर्याउन नेपाली कला,संस्कृति र खेल जगतको उत्थान गरेको भन्दै बागलुङ सेवा समाज युएईका पदाधिकारीहरुको मुक्त कन्ठले प्रशंशा गरेका थिए ।समाजका अध्यक्ष गोपाल कंडेलले आगामी दिनमा पनि युएईमा रहेका विभिन्न संघ-संस्थाहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले समाजलाई अगाडि बढाउने प्रतिबद्धता व्यत्त गरे। बागलुङ सेवा समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष भिम केसीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
बागलुङ सेवा समाज युएईका वरिष्ठ सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यता,नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालको बिशेष आतिथ्यता र बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन बागलुङ सेवा समाज यूएई दुबई क्षेत्रीय समितिका अध्यक्ष रेशम सापकोटाले गरेका थिए।