क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले प्रदर्शन गर्ने

मुलुकमा हालसम्म राज्य तथा गैरराज्य पक्षबाट हत्या र बेपत्ता पारिएका पत्रकारहरुको अवस्था पत्ता लगाई दोषीलाई कारवाही गर्न दवाव स्वरुप क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आगामी माघ २ गते मंगलबार बुटवलमा विशाल प्रदर्शन गर्ने भएको छ । 
सघंका अवध अध्यक्ष यानेन्द्र जीसी प्रमुख आतिथ्यमा आईतबार बुटवलमा बसेको बैठकले मुलुकमा हालसम्म बेपत्ता पारिएका ३ तथा हत्या गरिएका ३३ जना पत्रकारको सत्यतथ्य पत्ता लगाई तत्कालिन सरकारका जिम्मेवार प्रशासक एवं दलका नेताहरुलाई समेत छानविन र कारवाही गर्न आग्रह गरेको छ । 
बैठकपछि संघका रुपन्देही अध्यक्ष रुद्रहरि कुंवर तथा सचिव भुवन कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा गलबार विहान ११ बजे बुटवलको मिलनचोकमा उपस्थितिको लागि सञ्चारकर्मी, न्यायप्रेमी जनसमुदाय तथा अधिकारकर्मीलाई आग्रह गरेको छ । 
प्रदर्शनकारीले बुटवल बजार परिक्रमा गरी मिडियाचोकमा विरोध सभा गर्ने संघको विज्ञप्तिमा उल्लेख छ । बैठकमा दैलेखका पत्रकार डेकेन्द्र थापासहित कृष्णसेन इच्छुक, बेपत्ता पारिएका मिलन नेपाली लगायतका पत्रकारका परिवारलाई न्याय दिलाउन तत्काल पहल गरिनुपर्नेमा जोड दिइएको थियो ।

अन्य समाचारहरु