भैरहवा । रुपन्देहीको हर्नैया गाउँ विकास समितिमा दुई महिलाको हत्या भएको छ । हर्नैयाकी ३५ बर्षीय आरती लोध र ५० बर्षीय बसन्ती चौधरीको घाटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मगंलबार दिउँसो घास काट्न गएका दुवै महिला साँझ सम्म घर नफर्केपछि खोजी गर्दा घाटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका हुन् ।
घरबाट करिव ५० मिटर दुरीमा रहेको खेतमा उनीहरुको शव भेटिएको थियो । हत्या गरिएकी आरतीका श्रीमान मलेसियामा काम गर्छन भने बसन्तीका श्रीमान घरमै अस्वस्थ अवस्थामा छन् ।
हत्या कसले र किन ग