त्रिलोचन कोइराला, युएई – किराती जातिहरुको प्रमुख पर्ब चासोक तङनाम (न्वागी) को अवसरमा किराँत याक्थुङ चुम्लुङ, यूएईले “चासोक तङनाम् -३७९२ विविध साँस्कृतिक कार्यक्रम २०१३ को एक मौलिक तथा सांस्कृतिक परम्परागत रुपले सम्पन्न गरेको छ।
स्थापना देखिनै आफ्नो मौलिक संस्कृतिको प्रवर्द्ध नगर्न चासोक तङनामको अवसर पारी, विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको किराँत याक्थुङ चुम्लुङ, यूएईले युएईका स्थानीय तथा नेपालका चर्चित कलाकारलाई कार्यक्रममा सहभागी गरेर युएईका मनोरजनप्रेमी नेपालीलाई भरपुर्ण मनोरञ्जन गरायो।
नेपालीहरुले नेपालमा मौलिक संस्कृति भुलेको भन्दै बिदेशमा बस्ने नेपालीले यसलाई बचाएकोमा धन्यवाद दिदै स्टेजमा निस्किएका नेपालवाट आएका हाँस्य क्षेत्रका चर्चित अभिनेता, विल्सनविक्रम राई (मेरी बास्सैका तक्मे बुढो)ले नेपालको दुर्दर्शलाई होइन नेपालको पिडालाई बोलेर हसाउने भन्दै आफ्नु कलाकारिताको यात्रा त्यसको भोगाईलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गरे। ईम्पेरियल स्वीट्स होटल, बरदुबईमा भएको साँस्कृतिक कार्यक्रममा राइले तक्मे बुढो र नातिको विल्सनविक्रमको अलग आलग भूमिकामा दुइ घन्टासम्म खचाखच भरिएका दर्शकलाई हसाएका थिए।
राईले लोकल तथा मौलिक शब्द प्रयोग गर्दै दर्शकको प्रतिक्रियालाइलाई हास्से बिषय बनाएका दर्शकलाई मनोरञ्जन दिलाएका थिए। कार्यक्रमको अन्त्यमा नृत्यका पारखी राईले पुराना नेपाली तथा हिन्दी गीतहरुलाई रिमिक्श बनाएर हस्यौली नृत्य प्रस्तुत गरेको थिए।
युएईमा स्थानीय कलाकारको बेजोड प्रस्तुती पछि मञ्च तताउन आएका प्रथम पूर्वाञ्चल आइडल २०६२ युवा गायक कुसल थलङले सिन्दुर भर्नु एउटा कुरा जिबन काट्नु अर्को कुरा ………….. ऋतु राम्रो बसन्तको हरियालीले………………. बिदताले दिएको (मारुनी सांगीति)…………. मोहनी लाग्लाहै गाउँलेको बोलीले ………….. लगाएतका गीत पस्केर दर्सकलाई मजाले नचाए।
नन्दु राईले दर्सन नमस्ते भन्दै सांगीतिक माहोललाई तताउन थालेको कार्याक्रममा गंगा निरु मगरको आइटम नृत्य छल्कियो पानी कम्मर घोइलामा …………. पछि त दर्शाकले नाचेर माहोललाई उकासेका थिए। मगरको आइटम नृत्यले तातेका दर्शक सेलाउन नपाउदै युएईकी चर्चित गायिका रेखा घिमिरे सानु माया आउँ वर………. भन्दै नृत्य गर्दै गीत गाउदा दर्शकको राम्रो साथ पाएकी थिइन।
कार्यक्रममा बिशेष आर्कषण बनेका थिए फ्री स्टाइल फूटबलका गिनिज बूक रेकर्डिष्ट, कृष्ण लिम्वूले १५ मिनेट सम्म आफ्नु शरीरमा फुटबलको कला देखेका थिए। कार्यक्रममा लिम्वू मौलिक संस्कृति झल्कने मौलिक च्याब्रुङ नाचक धान नाचक साथै विभिन्न जनजाति संस्कृति झल्कने मौलिक सांस्कृतिक नाचगानहरु समेत प्रस्तुत गरिएको विविध सांस्कृतिक कार्यक्रममा तेरथुम आइडल पदम राई, प्रावासी चर्चित नेपाली कलाकारहरु भुवन थापा मगर, कविता राई, शिला मगर, रनु जबेगु, दीप सुब्बा, राज देवान, राकेश सिंगक लगायत अन्य थप प्रवासी चर्चित नेपाली कलाकारहरुको जोडदार प्रस्तूति रहको थियो। सांगतिक कार्यक्रमको अन्त्य अन्तमा स्टेजमा आएका स्थानीय कलाकार खेमराज घिमिरेले कार्यक्रमका सभापति पिएस लिम्बुलाई मञ्चमा बोलाएर लिम्बुले रचना गरेको गीत आज हाम्रो कुरा भयो नजर नजरमै ………….. गीत प्रस्तुत गर्दा दर्सकले हुटिङले साथ दिएका थिए। लिम्बुको उपत गीत दीपक लिम्बुको स्वरमा सजिएको छ।
जनवारी १८ तारिक युएईका लागि नेपाली दुताबासका महामहिम राजदुत धन्जय झाको प्रमुख आथितित्यमा सम्पन्न कार्यक्रम किराँत याक्थुङ चुम्लुङ, यूएईको अध्यक्ष पिएस लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो।