बुटवलमा पेस्तोल सहित २ पक्राउ

– कृष्ण खनाल 
इलाका प्रहरी कार्यालय बुटवलले २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि झापा खुदुनाबारी १ का २७ बर्षिय नरेन्द्र फुयाल र सोहि स्थानकै वडा न २ का २३ बर्षिय पागु चौधरीलाई सार्बजनिक गरेको हो ।
पक्राउ परेका २ जनालाई हात हतियार खरखजना ऐन अन्तरर्गत कारबाहि गरिने प्रहरी नायब उपरिक्षक राजकुमार बैदबारदले बताउनुभयो ।
अनुसन्धानका क्रममा उनिहरुलाई सोमबार बिहान बुटवल इटाभट्टीको बिशाल होटल एण्ड लजबाट पक्राउ गरिएको हो ।
उनिहरुबाट ईटालियन पेस्तोल १ ,म्याग्जिन १,अमेरिकन पेस्तोल १,म्याग्जिन २ ,१४ राउण्ड गोलि,२वटा मोवाईल बरामद गरिएको छ ।
पुर्वी झापामा मुद्धाचलिरहेका उनिहरुरुले यसअघि बिभिन्न मनि टान्सफर लुट्ने ,धम्काउने गरेको प्रहरीको भनाई छ ।बुटवलमा संचालित केहि होटलहरुको लोकेशन हेरेर उनिहरुले कुनै घटना घटाउने योजना बनाएको र भारत तर्फ जान सक्ने प्रहरीको आंकलन छ । 
 
 

अन्य समाचारहरु