– दिपक बस्याल
अमेरिकामा रहेका नेपाली गणीतशास्त्री हरुको संगठन “एसोसिएसन अफ नेपलिज म्याथम्याटिसियन इन अमेरिका” को दोश्रो अधिबेसन जनवरी २६, २०१३ शनिबारका दीन हुने भएको छ| अधिबेसन मार्फत २०१३-२०१५ का लागि कार्यकारी समितिको चयन गर्नुका लागि प्राध्यापक हेमराज जोशीको अध्यक्षतामा प्राध्यापक हरिहर खनाल र प्राध्यापक तथा सस्थाका अध्यक्ष मुक्त भण्डारी सम्मिलित तिन सदस्यीय निर्वाचन कमिटि तोकिएको छ|
टेलिफोन कन्फरेस मार्फत गर्न लागिएको यस अधिवेसनमा अमेरिका र क्यानाडाका विभिन्न स्टेट हरुमा बसोबास गर्दै आएका नेपाली गणीत तथा तथ्यांक शास्त्रीहरु सहभागी हुने बताइएको छ|
राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नेपालको गणीत शिक्षालाइ परिचित तथा परिमार्जित गर्नको लागि भूमिका खेल्ने उदेश्यले सन् २०१० को मे महिनामा यस सस्थाको स्थापना गरिएको थियो|
अधिवेसन तथा अन्य जानकारी सस्थाको आधिकारिक वेबसाइट www.anmaweb.org मा पनि राखिने व्यवस्था गरिएको कुरा सस्थाका उपाध्यक्ष डा. ध्रुब अधिकारी ले जानकारी गराउनु भयो|