इसोडेकको सहयोगमा पुम्दीभुम्दीमा विद्यालय भवनको उद्घघाटन

शैक्षिक तथा सामाजिक विकास केन्द्र-इसोडेक को संक्रियतामा कास्कीको पुम्दीभुम्दीस्थित लक्ष्मी निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमबीच उ्घाटन गरिएको छ । गैर आवासीय नेपाली संघका निर्वतमान अध्यक्ष तथा प्रमुख संरक्षक एवं इसोडेकका अध्यक्ष देवमान हिराचनले सो भवनको उद्घाटन गरेका हुन् । इसोडेक, जिल्ला शिक्षा कार्यालय कास्की र स्थानीय बासिन्दाको सहभागितामा दर्ुइ कोठे सो भवन निर्माण सम्पन्न भएको हो । 
दर्ुइ कोठे भवन बनाउनका लागि १५ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये इसोडेकले चार लाख ३१ हजार, जिशिका कास्कीले छ लाख ५० हजार पुम्दीभूम्दी गाविसले ९० हजार रुपैयाँ प्रदान गरेका छन् । यसैगरी, जिल्ला विकास समिति कास्की र विद्यालयको आन्तरिक स्रोतबाट प्राप्त रकमसमेत खर्च भएको प्रधानाध्यापक लोकनाथ बरालले बताए ।
उनका अनुसार, २०२३ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि सात कक्षासम्म पढाइ हुन्छ । अहिले सो विद्यालयमा एक सय विद्यार्थी अध्ययनरत छन् । 
भवनको उद्घाटन गर्दै हिराचनले नेपालमा पर्याप्त स्रोत र साधन भए पनि सदुपयोग हुन नसक्दा विकास नभएको बताए । राजनीतिक दलहरुले विकासलाई एजेन्डाको रुपमा लिन नसकेकाले मुलुक पछि परेको उनको तर्क थियो । 
लक्ष्मी निमाविलाई कास्कीको मात्र नभएर नेपालकै नमूना विद्यालय बनाउन आग्रह गर्दै उनले यसका लागि सहयोग गर्न आफू तयार रहेको बताए । उनका अनुसार, इसोडेकले नेपालमा विगत २५ वर्षेखि काम गर्दै आएको छ । हालसम्म विभिन्न जिल्लामा १८ वटा विद्यालयको भवन निर्माण गरेको जानकारी उनले दिए । 
इसोडेकका महासचिव निरज थापाले अहिले पनि इसोडेकले विभिन्न जिल्लाका एक सय ३० विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गर्दै आएको बताए । ग्रामीण भेगका बासिन्दाको आयस्तर वृद्धि, शिक्षा र स्वास्थ्यमा इसोडेकले हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।

अन्य समाचारहरु