देश भित्र लगानीका लागी एकजुट हुँदै ओमानका प्रवाशी नेपालीहरु

– शालीकराम आचार्य ओमान, 
चारै तिर गैर आवासीए नेपालीले देशमा लगानी लगानी भन्दै नेपाली निकाय तथा नेपालीहरु लाई भ्रममा राखेको बेला लगानीका बिषयमा गम्भीर हुदैछन खाडीका नेपालीहरु ।  
लामो समय देखी गैर आवासीय नेपालीहरुले नेपाल सरकार तथा नेपाली जनतालाई लगानीका नाउँमा अलमल पारेको बेला प्रवाशी नेपालीहरुको यस कार्यलाई सहराहनिए मान्न सकिन्छ । 
लगानीका बिषयलाई उठाउदै थोपा थोपा बाट नै गाग्री भरिन्छ भने झै ओमानको राजधानी मस्कट स्थीत प्रवाशी नेपालीहरुले पनि सानो सानो रकम संकलन गरी ठुलो काम गर्ने उदेस्य लिएर भिजन डेभ्लप्मेन्ट कमिटीको स्थापना गरेका छन । 
२०१० मा स्थापना भएको भिजन डेभ्लप्मेन्ट कमिटी तथा  २०११ मा सुरु गरीएको न्यू भिजन डेभ्लप्मेन्ट कमिटी को बाषिर्क सभा सम्पन्न भयको छ ।  
कमिटीका जेष्ठ सदस्य युवराज अर्यालको अध्यक्षता तथा धन बहादुर क्षेत्रीको सन्चालन रहेको सभाको अथितीमा मिलीजुली सहकारी समुहका अध्यक्ष चन्द्रमणी शर्मा रहेका थिए । भिजन डेभ्लप्मेन्ट कमेटीको  बाषिर्क सभामा गत बर्षो हिसाव को  लेखाजोखा  बिवरण का साथै नेपालमा लगानी का सम्भावित क्षेत्रका बारेमा ब्यापक छलफल गरीएको थियो तथा सबैको साझा छलफल गरी कृषिलाई नै बडी प्राथमिक दिएका छन ।  भिजन डेभ्लप्मेन्ट कमेटीले दर्ुइ जना र्सव सहमती तथा एक जना भारी बहुमतका आधारमा तिन सदस्सीय  प्रबन्धन समिती चयन गरेकोछ जसमा माहाप्रबन्धक धन बहादुर क्षेत्री उप प्रबन्धकमा सालीक राम आचार्य तथा लेखापालमा बिष्णु अर्याल चयन भएका छन । 
उक्त कार्यक्रम मा न्यू भिजन डेभ्लप्मेन्ट कमेटी  तथा भिजन  डेभ्लप्मेन्ट कमेटी लाई समाबेस गरीएकोछ ।  दुबै कमिटीलाई एक बनाएर अगाडी बढेमा लगानी मा सहुलीएत हुनुका साथ सबै सदस्यहरु लाई पनी मुनाफा हुने जानकारी  कमिटीका प्रबन्धक धन बहादुर क्षेत्रीले बताएका छन । 
दुबै कमिटीलाई एक बनाएको ५६ सदस्सिय कमिटीको कोषमा लगभग ७० सत्तरी लाखरुपैया जती संकलन भएको तथा मासिक ३ तिन लाख थप संकलन भई रहेको जानकारी कमिटीका लेखापाल बिष्णु अर्यालले बताएका छन । यस कमिटी समुहले ओमानका सबै साना ठुला कोषहरु लाई समेटेर करोडौं रुपैया देश भित्र भित्राउने तयारी रहेको तथा कृषिमा लगाउने उदेस्य रहेको छ ।