– कृष्ण खनाल
बुटवल – विद्यालयबाट फर्कदै गर्दा सजिवनको दाना खाएर रुपन्देहीकोसालझण्डीमा रहेको जनज्वती निमावि का ७ जना विद्यार्थीहरु विरामी भएका छन । उक्त विद्यालयमा अध्ययनरत शुनिल परियार, कृष्ण परियार, सिमा परियार, दिपक परियार, मनिष परियार, दुर्गा परिवार र समिर परियार विरामी परेको ईलाका प्रहरी कार्यालय बुटवले जनाएको छ ।
विरामी भएका विद्यार्थीहरुमा बान्ता हुने तथा बेहोस हुने गरेपछी स्थानिय मेडकलमा उपचार हुन नसक्दा लुम्बिनी अञ्चल अस्पतालमा उपचारई भईरहेको प्रहरीले जनाएको छ ।