दुबई अस्पतालमा एक नेपालीको मृत्यु

– उमाकान्त पाण्डे गाउंले
युएई (दुबई) माघ – २४ , सम्युत्त अरब एमिरेट्स युएईको दुबइमा एक नेपालीको मृत्‍यु भएको छ । रोजगारिको शिलशिलामा युएई आएका सिमरा ४ बाराका कुलबहादुर मगरको गत बुधवार मृत्‍यु भएको हो ।  
श्वासप्रश्वास सम्बन्धी समस्या बाट ग्रसित उनलाई एक हप्ता अघी दुबइमा रहेको अल रशिद अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारको क्रममा उनको गत बुधवार निधन भएको कम्पनीले जनाएको छ । 
दुबइको अलबर्षामा रहेको कि टेच सेक्युरेटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत कुलबहादुर काठमान्डौमा रहेको मुन ड्रप्स म्यानपावर मार्फत भारतको दिल्ली ट्रान्जिट हुँदै २ बर्ष अघि दुबइ आएका हुन । 
नेपालीको मृत्‍यु भएको बारे दुतावासमा अधिकारिक प्रशाशनिक जानकारी नआएको दुतावास स्रोतले बतायो । मृत्‍यु भएको भनेर मगर संघ मार्फत जानकारी आए पछी दुतावास आँफै सकृय भएर उद्दारमा जुटि रहेको दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार ‘घटनाको अध्ययन जारी छ,कम्पनी बाट भिसा रद्द गरी घर जाने तयारीमा रहेको बेला उनको निधन भएको भन्ने अस्पस्ट खबरले समस्या जटिल बन्न सक्ने छ’। ‘यदी त्यसो हो भने  शब नेपाल पठाउन समस्या थपिन्छ , जसले गर्दा मोटो रकम खर्चिनु पर्नेछ त्यसर्थ कम्पनी सग सहकार्य गरेर दुतावासले सहयोग गर्ने छ,’क्षेत्रीले भने। 
 
कुलबहादुरले प्राय सधैं मुटु दुख्यौ भनेर सहकर्मीहरु सग भन्ने गरेको सहकर्मी सन्तोष कुवरले जानकारी दिए । यधपी उनलाई के कती कारणले मृत्‍यु भएको हो भन्ने पुस्टी हुन सकेको छैन । 
शबलाई नेपाल पठाउन नेपाली दूतावास अबुधावीले आवश्यक कानुनी प्रकृया अघाडि बढाएको छ । मृतकका गाउले छिमेकी तथा सहकर्मी सन्तोष कुवरले दिएको निवेदनका आधारमा नेपाल मगर सघं युएईले दुतावास सग समन्वयब गर्दै समस्या समाधान गर्न लागि परेको सघंका धनेन्द्र मास्के राना मगरले बताए । 
मृतकको शब अहिले दुबइमा रहेको अल रशिद अस्पतालमा रहेको छ ।