– उमाकान्त पाण्डे गाउंले
यूएई, माघ २६ – यूएईमा अलपत्र परेका चार नेपाली मध्ये एक नेपाली फर्किएका छन । कम्पनी मालिक फरार भएपछि कम्पनीमा कार्यरत चार नेपाली अलपत्र परेका थिए । यूएईको रसअलखेमा राज्यको अल साब्री स्टिल वर्क नामक कम्पनीमा कार्यरत उनीहरु नौ महिना देखी अलपत्र परेका हुन ।
अलपत्र पर्नेमा अर्घाखाँचीका चिरन्जिवी कुँवर, इलामका माधव दाहाल तथा झापाका वेदप्रसाद तिमिल्सिना र दीपक आर्चाय छन् ।
उनीहरुमध्ये अर्घाखाँचीका चिरन्जिवी कुँवर बुधवार नेपाल फर्केका छन । अदालतमा चलिरहेको मुद्दामा सफल भए पछी उनी नेपाल फर्किएका हुन । बाँकी तीनजनाको मुद्दा अझै पनि बिचारधिन रहेको ईलामका माधव दाहालले जानकारी दिए । “हामीहरुको गल्ती होइन भनेर हामी मध्येका एक जना चिरिन्जिबी कुँवरले छुट पाए पछी प्रमाणित भएको छ, अब हामी पनि छिट्टै नेपाल फर्किन पाउछौ कि भन्ने आशामा छौ”, उनीहरुले भने ।
कम्पनी मालिक कारण बस जेलमा परेको समय कामदार को राहदानी जमानतमा राखी निस्किएर भागेकाले कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन् । मालिकनै जेलमा परेपछि निकाल्नका लागि आफ्ना राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका नेपालीले अहिलेसम्म राहदानी नपाएकोले
ती नेपाली अलपत्र अवस्थामा पुगेका हुन ।
राहदानी नभएपछि नेपाल फिर्ता पठाउन नसकिएको युएईमा रहेका बिभिन्न संघसंस्थाले जनाएका छन् ।
यूएईका लागि नेपाली राजदुतावास आबुधाबीमा लिखित रूपमा गत र्माच महिनामै यस बारे जानकारी गराईएको थियो । “दुई महिनासम्म पहल नभएको भन्दै पुनः पत्र मार्फत सम्झना गराइएको थियो, अलपत्र मध्येका चिरन्जिबी कुँवरले भने । मालिकलाई छुटाउन पाए आफ्नो सेवा सुविधा पाइन्थ्यो कि भनेर राहदानी बुझाउन सहमति जनायौं, अहिले आफै अलपत्र परियो, जे होश जेनतेन म आज फर्किए अब बाँकी अन्य मेरा सहकर्मीको उद्दारमा सहयोग गरिदिनु होला कुँवरले अर्घाखाँची डट्कम् सग भने ।