दुई वर्ष अगाडी दक्षिण कोरिया आएका रुपन्देहीका यज्ञमुर्ति पाण्डेको मंगलबार मृत्यु भएको छ।
रुपन्देही, देवदह गाविस वडा नं. ६ स्थायी घर भएका पाण्डेको कोरियामा सङमु क्याथोलिक अस्पतालमा उपचारको क्रममा स्थानीय समयअनुसार बिहान ३ बजे मुत्यु भएको हो।
गत शुक्रबार कोरियाको उइजम्बुनजिकरहेको कम्पनीबाट निस्की बाहिर सडकमा बाहिर हिडदै गर्दा कारको ठक्करबाट सिकिस्त भएका उनलाई सँगै हिडेका बुद्धि गुरुङलेकम्पनीमा जानकारी गराएका थिए। कम्पनी र प्रहरीको सहयोगमा पाण्डेलाई ओइजम्बुको सेन्टमेरिज हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि सङमु क्याथोलिक हस्पिटल रिफर गरेर उपचारको क्रममा उनको मृत्यु भएको सिउलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिल कुमार गुरुङ ले जानकारी दिए।
मृतककोअस्पतालको रिपोर्ट आएको र उनकोशवलाई के गर्ने भन्ने सम्बन्धमा नेपालको मन्त्रालय मार्फत उनको परिवारलाई जानकारी पठाएको पनि कोरियास्थित नेपाली दुतावासले जनाएको छ ।
कम्पनी नजिक रहेको बजारतिर कम्पनी साथी सँगै जाने क्रममा निजी कारले पाण्डेलाई शुक्रबार ठक्कर दिएको थियो । कोरियाकोउनी कार्यरत कम्पनी साहुले घटनाको बारेमा बुझिरहेको र दुतावास र प्रहरीसँग प्रकृया गरिरकेको रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष रमेश बस्यालले बताए।
सडक दुर्घटनामा अर्का नेपाली घाइते
कोरियाको छनानमा कारले ठक्कर दिँदा टिकापुरका राजेश राव घाइते भएका छन । उनको हाल सुइछन हान हस्पिटलमा उपचार भैरहेको छ। आन्सानको तोङ याङ सिमेन्ट कारखानामा कार्यरत रावललाई काम सकेर मोटरसाइलबाट कोठातर्फ फर्कनेक्रममा शनिबार कारले ठक्कर दिँदा पेट र कम्मरदेखि तल गम्भीर चोट लागेको कोरियाको संघ संस्थामा सक्रिय नवराज भट्टराईले जानकारी दिएका छन। घटनाबारे नेपाली दुतावासले जानकारी आएको र थप अध्ययन भैरहेको जनाएको छ ।