ओमानमा बुद्ध भिजनको ल्होछार / मिलन र राधीकाले नचाए- कलाकार सग फोटो खिच्न सर्वसाधारणाको लाइन

– सालीकराम आचार्य,
खचा खच प्रवासी नेपालीहरुले भरी भराउ हलको मञ्चमा राधीका हमाल तथा मिलन लामाको दोहोरीले ओमानका नेपालीहरु आ-आफ्नो दुख बेदना भुलेर मच्चि मच्चि नाच्न बाध्य भए।
 
साथै नेपाली समाज ओमान, नेपाली महिला समाज तथा रक्तिम परीवार ओमानका प्रस्तुतीहरुले बिषेश मनोरन्जन गरेको थियो। उक्त कार्यक्रम १५ फेब्रुअरी २०६९ का दिन बुद्ध भिजन ओमानको ल्होछार २८४९ को पावन अवसर पारेर आयोजना गरेको सांकृतिक समारोहको हो । बुद्ध भिजन ओमानले ल्होछार २८४९ को शुभकामना समारोह सम्पन्न गरेको छ। उक्त सांकृतिक समारोहको अध्यक्षता ओमकार तामाङले गरेका थिए भने देवी लामा तथा दिलु रोकाको सन्चालन रहेको थियो।
 
Photo8
कार्यक्रममका प्रमूख अतिथी थिए नेपाली लोक गायक मिलन लामा, लोक गायिका राधीका हमाल तथा अतिथीहरुमा  नेपाली दूतावास साउदी अरवका लागी ओमानका प्रतिनिधी दिपक श्रेष्ठ, गैर आवासीय नेपाली ओमानका अध्यक्ष डी.बी.क्षेत्री, अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने, नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ, सगरमाथा समूहः ओमानका अध्यक्ष सागर अधिकारी, नेपाली महिला समूह ओमानकी अध्यक्ष मधु गुरुङ, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य तथा गैर आवासीय नेपाली संघ ओमानका पुर्व अध्यक्ष टिकाराम ढकाल, मंघर संघका सचिव तिलक पुन मंघर, ल्होछार २८४९ वकार्यक्रमको मिडिया पाटनर रहेको संसार न्युजको