युएईमा ढल्कियो जोवन फुटबल प्रतियोगिता हुने

– त्रिलोचन कोइराला 
पाथिभरा माउन्ट एभरेष्ट युबा क्लब, युएईले ३० बर्ष माथिका नेपालीहरुका बिच मनोरञ्जनात्मक फुटबल खेल “ढल्कियो जोवन फुटबल प्रतियोगिता” को आयोजना गर्ने भएको छ। 
युएईमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रचलित यस क्लबले युएई स्थापना भएमा बिभिन्न नेपाली संघ संस्थाले प्रतियोगीहरू ३० बर्षभन्दा माथिका जो कोही सहभागी गराउन सक्ने जनाएको छ।
दुबईको सफा पार्कमा ८ मार्च २०१३ शुक्रबारका दिन बिहानको ठिक १० बजेबाट खेलाईने “ढल्कियो जोवन फुटबल प्रतियोगितामा एक टिममा ९ जना खेलाडीहरु रहने क्लबका महासचिब कृष्ण पौडेल बताए। पौडेलले दिएको जानकारी अनुसार संस्था प्रमुख आफैं उक्त टीमको क्याप्टेन हुनुपर्ने भएकोले संस्था प्रमुखको हकमा ३० बर्ष नपुगेकालाई पनि मान्यता दिइने छ तर बांकी खेलाडीहरुको हकमा अनिबार्य ३० बर्ष पुरा भएको हुनुपर्नेछ। 
स्वास्थ्यका लागि खेलकुद स्वगनका साथ मैत्रीपूर्ण हुने ढल्कियो जोवन फुटबल प्रतियोगितामा प्रबेश शुल्क १ सय दिराम लाग्नेछ। 
खेलमा प्रथम र दोश्रो हुने टीमलाई आकर्षक पुरस्कार प्रदान गरिने छ। 
बिस्तृत जानकारी वा सम्पर्कका लागी क्लबले शिब गुरुङ ०५०-२८८२९९१, कृष्ण पौडेल ०५०-८०३८६१०, गुन्जमान गुरुङ ०५२-८१२५६७४, महेन्द्र राई ०५५-१८९३१८४, नारायण श्रेष्ठ ०५२-९९७५२४१, दिपक परियार ०५२-९०९१८५४,रोशन लिम्बु ०५५३१२१६७५, लामा सुब्बा ०५५-२२५७५३४ संग सम्पर्क गर्न अनरोध गरेको छ।