गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनमा शुक्रवार देखी पाल्पाको तानसेनमा द्धन्द्ध संवेदनशील सम्बन्धी पत्रकारीता तालीम सुरु भएको छ ।
उढ्घाटन कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरु द्धन्द्धका विषयहरुलाई उठाउदा समाजमा पर्न सक्ने असरलाई ख्याल गरेर समाचार सम्प्रेशण गर्नु पर्ने बताउनुभयो । यसरी मन्तव्य राख्नेहरुमा गोरखापत्रका पुर्व महाप्रवन्धक शम्भु श्रेष्ठ,पत्रकारहरु भगवना भण्डारी,जगदिश भटराई थिए ।
शुक्रवार देखी सुरु भएको तालीम आईतवार सकिने जनाईएको छ । तालिममा अर्घाखाँची,पाल्पा,गुल्मीका २४ पत्रकारको सहभागिता रहेको छ । कार्यक्रमको सजिकरण शिक्षा पत्रकार समुहका केन्द्रिय अध्यक्ष प्रकाश सिलवाल,पत्रकार विनोद दकालले सहजिकरण गरिरहनु भएको छ ।