शेयर बजारमा गिरावट जारी

काठमाडौं । मंगलबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से करिब ३ अंकले झरेर ५ सय ३८ मा आइपुग्यो । यस दिन कारोबार शुरु भएदेखि नेप्से ऋणात्मक रहेको हो । 
जलविद्युत, बीमा, वाणिज्य बैंक र व्यापार समूह ओरालो लागे भने अरु समूह नगन्य अंकले धनात्मक रहे । जलविद्युत समूहमा सबैभन्दा उच्च ८ अंकले कमी आयो । 
यस दिन नेपाल स्टक एक्सचेन्जमा ८६ कम्पनीको ३ लाख ९८ हजार कित्ता शेयर १२ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS