नेपाली जनप्रगतिशिल मञ्चको डेइरा एकाइ युएई कमिटि गठन

– लक्ष्मण खनाल
 युएई – गत शुक्रबार ८ मार्च का दिन डेइराको युनियन पार्कमा आयोजित एक भेलाका विच नेपाली जनप्रगतिशिल मञ्च युएईको दुवई क्षेत्रिय समिति अन्र्तगत रहने गरि डेइरा इकाई कमिटि गठन गरिएको छ ।
केशव पाण्डेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्ष  बाबुराम वस्नेत रहनुभएको छ भने सचिवमा मौसम गैरे, सहसचिवमा निलय राई, कोषाध्यक्ष विक्रम हमाल, र सदस्यहरुमा क्रमशः मोहम्द मजरुल अन्सारी, विष्णु गुरुङ, जिवन महतो, नरेन्द्र पाल सुनार, लिला भट्टराई र शिव कुमार भगत रहनुभएको छ । साथै सोही कार्यसमितिको सल्लाहकारमा गोपाल मगर चयन हुनुभएको छ ।
नेपाली जनप्रगतिशिल मञ्च युएइका केन्द्रिय महासचिव वावुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको उक्त भेलाको अध्यक्षता दुवई क्षेत्रिय समितिका अध्यक्ष धर्मदत्त ढकालले गर्नुभएको थियो । भने विशेष पहल उपाध्यक्ष रामचन्द्र परियारले गर्नुभएको थियो । भेलामा उठेका जिज्ञासाहरुलाई प्रष्ट्याउदै महासचिव विश्वकर्माले प्रवासमा नेपाली दाजुभाइ माथी आइपर्ने विभिन्न समस्याहरु सँग जुध्न को लागि नेपाली जनप्रगतिशिल मञ्च युएईले अग्रणी भुमीका खेलेको भन्दै सबै प्रगतिशिल नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई मञ् चमा आवद्ध हुन आग्रह गर्नुभएको थियो ।