सौराहामा ठाइला सम्मेलन सम्पन्न /बिष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन

– राजेन्द्र आचार्य
चितवनको पर्यटकिय नगरी सौराहमा भएको आजबाट ठाइला सम्मेलनले बिष्णु प्रसाद  श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । 
समितिको उपाध्यक्षमा उमानाथ खनाल, सचिव  हरि न्यौपाने,कोषाध्यक्ष केशव खनाल  चयन भएका छन । समतिले आगामी दिनमा देशभरी नै शाखा बिस्तार गर्ने जनाएको छ ।
बढ्दो जनसंख्या बृद्धि न्युनिकरण अभियान सुरु भएसंगै ठाइला सन्ततीको अस्तित्व लोप भएकोले हाल भएका ठाइला सन्तानहरु संगठीत बन्न सम्मेलनको आयोजना गरीएको नव गठित समितिका अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए । 
६ देखि माथीको सन्तानमा मात्र ठाइला सन्तान रहने भएकाले जनसंख्या न्युनिकरण अभियानसंगै यस शब्द इतिहासमा मात्र सिमित रहेकाले नंयापुर्खामा जानकारी गराउने उदेश्य सहित संगठित भएको प्रहरी चौकी बछौलीका प्रहरी नायव निरिक्षक बिष्णुप्रसाद श्रेष्ठले बताए । उनी स्वयम पनि ठाइला सन्तान हुन् । 
सम्मेलनमा चितवन , गोरखा र धादिड्ड का गरी २५ जना ठाइला सन्तान सहभागि थिए ।
चितवनका बिशेष सहयोगीका साथमा युएई बाट उमाकान्त गाउंलेको विवरण 

अन्य समाचारहरु