– युवराज कडेंल
नेपाल चिन मैत्री समाज लुम्बिनीको बाह्रौं साधारण सभा तथा तेस्रो अधिवेसन आज सम्पन्न भएको छ।
समाजको साधारणसभामा बोल्दै भैरहवा बहुमुखी क्याम्पसका क्याम्पसका प्रमुख तथा साहित्यकार डा. घनश्याम न्यूपने “परिश्रमी”ले भृकुटी, अरनिको र बौद्ध धर्मले बनाएको नेपाल र चिन सम्बन्ध लाई वर्तमान समयमा जनस्तरबाट अझ वलियो बनाउन सकेमा त्यसबाट देशले ठुलो फाईदा लिन सक्ने बताए।
त्यस्तै एमाले नेता लिला गिरीले चिन संगको सम्बन्धलाई राजनीति भन्दा माथि राखेर हेर्नु पर्ने भन्दै चिनियाहरुको माझमा लुन्बिनिको प्रचारप्रसार गरेमा ठुलो संख्यामा चिनिया पर्यटकहरु लुम्बिनी आउने र थास्बात यो क्षेत्रको अर्थतन्त्रमा ठुलो सुधार आउने कुरामा जोड दिए।
मैत्री समाजको साधारणसभा समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता र अजित खनालको संचालन्मा सम्पन्न भएको थिए।
त्यसैगरी अझै सम्पन्न तेस्रो अधिवेसनले नारायण सापकोटाको अध्यक्षतामा नेपाल चिन मैत्री समाज लुम्बिनीको नया कार्यसमिति गठन गरेको छ।
समाजको नया कार्य समितिको उपाधक्ष्यम प्रा.डा.गीतु गिरि , महासचिव गोविन्द प्रसाद रेग्मी, सचिव दिपक गलामी, कोषाध्यक्ष रामभक्त रावल र सदस्यहरुमा मनिष कुमार जोशी, युबराज कंडेल, गुलाम अलि, नारायण प्रसाद अग्रवाल,छेदीलाल श्रीवास्तव, योगमाया वगाले, जनकराज पन्त, विश्वप्रेम काफ्ले माधव प्रसाद अधिकारी र पिताम्बर काफ्ले रहेका छन्।
नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरवाट प्रभावकारी बनाई दुई मुलुकका जनता बिच सांस्कृतिक, शैक्षिक, सामाजिक ,आर्थिक र व्यवसायिक क्षेत्रमा पारस्परिक सम्बन्ध बृद्धि गर्ने उद्धेस्यले बि.स. २०५९ सालमा मैत्री समाजको स्थापना भएको थियो।
स्थापना कालदेखिनै मैत्री समाजले चीनमा लुम्बिनीको प्रचारप्रसार, सांस्कृतिक कार्यक्रमको आदानप्रदान जस्ता कार्यहरु गर्दै आएको छ।