काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार मिर्गौला रोगबारे चेतना जगाउन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा सन् २००६ देखि मिर्गौला दिवस मनाउन थालिएको हो । जनचेतनाको अभावमा नेपालमा मिर्गोला रोगीहरुको संख्या वढ्दै गएको विशेषज्ञहरुले वताएका छन् । मृर्गौला दिवसको सन्दर्भमा हिजो राजधानीमा भएको कार्यक्रममा मृर्गौला रोग विशेषज्ञहरुले जनचेतनाको अभावमा मृर्गौला रोगीको संख्या वढेको वताए । कार्यक्रममा वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेले चेतना अभावकै कारण अन्तिम अवस्थामा मात्र बिरामी उपचारका लागि आउने गरेको वताउनुभयो । वर्षमा कम्तिमा एक पटक मिर्गौलाको परीक्षण गराउनु पर्ने उहाँको सुझाव छ ।
डा काफ्ले मिर्गोला बिग्रेपछि लाखौ रुपैयाँ खर्चनुपर्ने बाध्यता भएकाले बेलैमा सचेत हुन पनि आग्रह गर्नुभयो । मिर्गौलाको रोग लाग्न नदिन मद्यपान नगर्न, तौल बढ्न नदिन, वढी पानी पिउने, विहान कम्तिमा १५ मिनेट हिडँडुल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । नेपालको पछिल्लो जनगणन २६ लाख मानिस मिर्गोला रोगको जोखिममा छन् ।
RSS