सप्तरीमा एसएलसी परीक्षा दिएर फर्किदै गरेकी १६ वर्षिया छात्राको बसको ठक्करबाट मृत्यु / रुकुममा माटोको ढिस्कोले पुरिएर १८ वर्षिया युवतीको मृत्यु

रुकुम, चैत्र १। रुकुमको पोखरा गाविसमा माटोको ढिस्कोले पुरिएर १८ वर्षिया गीता खड्काको मृत्यु भएको छ । हिजो साँझ घर पोत्ने माटो लिन गएकी गीताको माटो खन्ने क्रममा ढिस्को खसेर पुरिंदा ज्यान गएको हो । उनी आजदेखि शुरु हुने एसएलसी परीक्षाको रहेको जनाइएको छ । 

उता, सप्तरीमा एसएलसी परीक्षा दिएर फर्किदै गरेकी बनरझुला गाविस वडा नम्बर ८ की १६ वर्षिया ससिकुमारी चौधरीको बसको ठक्करबाट मृत्यु भएको छ । भगतपुर उच्च माविबाट परीक्षा दिएर फर्कदै गरेकी चौधरीलाई कठौला खण्डमा बसले ठक्कर दिएको हो । 
ठक्कर दिएलगत्तै अस्पताल लैजाने क्रममा चौधरीको मृत्यु भएको थियो । ठक्कर दिने ट्रक भागेपछि आक्रोशित बनेका विद्यार्थीहरुले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका छन् ।
RSS

अन्य समाचारहरु