रेग्मी नेत्रित्व सरकारको प्रवास बाट पनि बिरोध

– उमाकान्त पाण्डे गाउंले  
चैत २ , दुबइ- प्रधानन्यायधिस खिलराज रेग्मीको नेत्रित्वमा गठन भएको सरकारको प्रवास बाट समेत बिरोध भएको छ । नेकपा माओवादीको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले एक प्रेस विज्ञप्ती जारी गरि सरकार गठन र नेत्रित्व चयन प्रकृयाको बिरोध गरेको हो । 
मोर्चाका युएई केन्द्रिय अध्यक्ष रमेश गिरी द्वारा जारी गरिएको बिज्ञप्तीमा “मुलुकमा विद्यमान राजनैतीक तथा संबैधानिक सङ्कट समाधानका लागि सर्बपक्षिय गोलमेच सम्मेलन गरी राजनैतीक दलहरुकै बीचबाट राष्ट्रिय सहमतिको सरकार गठन गरी जनगणतन्त्रात्मक संविधान निर्माणको मार्गचित्र सुनिश्चित गरिनु पर्नेमा ४ दलले निर्दलिय ब्यबस्था लाद्न खोज्दै छन, भनिएको छ । 
 
बिज्ञप्तीमा अगाडि भनिएको छ “एकिक्रित(माओवादी),नेपाली काङ्ग्रेश,नेकपा एमाले र मधेसी मोर्चा बीच भारतीय बिस्तारबादको ठाडो निर्देशनमा बहुदलीय प्रणाली, अन्तरिम संविधान र न्यायपालिकालाई समेत ध्वस्त पारेर शक्ती प्रिथकिकरणको शिद्धान्त बिपरित न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको प्रमुख बनाउनेगरी निर्दलीय सरकार गठन गर्ने निर्णय लिइएको प्रती हाम्रो गौरबशाली पार्टी नेकपा-माओवादीको बिदेस राज्य समिती अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा यूएइको गम्भीर आपत्ति रहेको छ ।”
राजनीतिक दलहरुका बिच सर्वपक्षीय गोलमेच सभाको आयोजना गरी राजनैतीक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठन गरी विद्यमान सङ्कटको निकास खोजिनु नै आजको प्रमुख आवश्यकता हुँदाहुँदै पनि त्यसका बिपरित ३ दल र मधेसी मोर्चाले गरेका सबै जनघाती र राष्ट्रघाती निर्णयहरु अबिलम्ब खारेज गर्न पनि हामी जोडदार माग गर्दछौ मोर्चाले बिज्ञप्तीमा भनेको छ । 
नेपाली जनप्रगतिशिल मोर्चा यूएइ न्यायालय प्रमुखलाई कार्यकारी प्रमुख बनाउने फासिबादी निर्णयका बिरुद्ध संघर्स गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र जनसंबिधान निर्माणको सुनिस्चितताको लागि नेकपा-माओवादी लगायत सम्पूर्ण वामपन्थी, देशभक्त र गणतन्त्रवादी शक्तिहरुले सुरु गरेको संघर्षका सम्पूर्ण कायक्रमहरु प्रती सबै प्रबासी नेपालीहरुको तर्फबाट समर्थन, एक्यबद्दता र आन्दोलनलाई साथ दिन्छौ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।