युएईमा ढल्कियो जोवन फुटबल प्रतियोगिता सम्पन्न

– त्रिलोचन कोइराला
युएईमा खेलकुद क्षेत्रमा क्रियाशील पाथिभरा माउन्ट एभरेष्ट यूवा क्लब युएइले ढल्कियो जोवन फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।
युएईमा क्रियाशील विभिन्न १६ संस्थाका टिमले सहभागी जनाएको ढल्कियो जोबन फुटबल प्रतियोगिता धरान दुबाई हेल्प लाइन युएईले आफ्नु पोल्टामा प्रथम पुरस्कार पारेको छ। प्रतियोगिताको फाइनल खेल आयोजक पाथिभरा माउन्ट एभरेष्ट यूवा क्लब युएइलाई निकै प्रतिस्पर्दात्मक खेलमा धरान दुबाई हेल्प लाइन युएईले दुईका विरुद्धमा तीन गोलने पहिलो पुरस्कार आफ्नु पोल्टामा परेको हो।
मार्च ८ तारिक पहिलो चरण, सेमिफाइनल तथा क्वाटर फाइनलका खेलहरु सम्पन्न गरिएको प्रतियोगिताएको फाइनल खेल मार्च १५ तारिक गरिएको थियो। 
नेपाल जनजाती महासंग युएईका अध्यक्ष सभापतित्यो तथा क्लबका महासचिव क्रिष्ण पौडेलको संचालनमा औपचारिक कार्यक्रमकाबीच सम्पन्न फाइनल खेलको प्रतिष्पर्दा पछि बिजेता तथा उपबिजेता टिमलाई सिल प्रमाण-पत्र कार्यक्रमका आतिथिहरु गिरिमान थापा, डिआर गुरुङ, नुनप्रसाद जगेबु मगर लगाएत अध्यक्ष शिब गुरुङले प्रादान गरेका थिए।