मलेसिया बाट ३३ हजार घर पठाएर नेपाली चेलीले आत्महत्या गरिन्

– रामचन्द्र नेपाल
मलेसियामा कार्यरत एक नेपाली महिलाले घरमा पैसा पठाएकै दिन आत्महत्या गरेकी छिन् । मोरङ उर्लावारी ४ वरगाछी घर भई जोहोरको ताम्पोईमा रहेको आईटीजी इलेक्ट्रोनिक कम्पनीमा कार्यरत ३२ वर्षीया मन्जु न्यौपानले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
दुई वर्ष अगाडि मात्रै मलेसिया आएकी मन्जुले आत्महत्या गर्नुअघि घरमा ३३ हजार रुपैयाँ पठाएकी थिइन् । सहकर्मीहरुका अनुसार पैसा पठाएर होस्टलमा आएपछि यता र उता गर्दै नेपालमा आफन्तहरुलाई फोन गरिरहेकी थिईन । राति करीव १२ वजे तिर सवै साथीहरु सुतिसकेपछि उनी नसुतेपछि अरु साथीहरुले खोज्दा कोठाको सिढीमा एक्लै वसिरहेकी थिईन । साथीहरुले