बिमारीलाइ आर्थिक सहयोग

त्रिलोचन कोइराला 
मानबिय, सांगितिक  तथा  सामाजिक सेवामा क्रियाशील  स्याङ्जा सेवा समाज अबुधाबी क्षेत्रीय समितिले दुबै किडनी फेलभै उपाचार गरिरहेका  आफनै जिल्लाका एक बिमारीलाई आर्थिक सहयोग गरेको छ । 
सखिलुङ देउराली गा बि स ८ धनथान  स्याङ्जा का दीपेन्द्र थापाको दुबै किडनी फेल भई अहिले  भारतको मुम्बईमा उपचार भइेरहेको हुँदा उहाको उपचारका लागि समितिले मार्च १५ तारिक बिमारिको उपचारको लागि  स्याङ्जा सहयोग समाज अबुधाबी क्षेत्रीय समितिले नेपाली नगद एकाइश  हजार एक सय बतीस  आर्थिक सहयोग गरिएको समितिका कोषाधक्ष्य शंकर प्रसाद न्यौपानेले बताए ।
 
आपत बिपतमा पर्ने जोकोहीलाई पनि सहयोग गरीने बताउदै बिशेष  स्याङ्जा जिल्लाका आपत विपत्तिमा पर्ने समाजले सक्ने सहयोग गर्ने समाज अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष शोबित बहादुर थापा बताए ।  
समाजले आफ्नो अबुधाबी क्षेत्रीय समितिका सदस्यहरुबाट रकम संकलन गरि उपचारमा रहेका थापाका भान्जा दीपेन्द्र कार्की लाई हस्तान्तरण गरेका थिए । 
नगद सहयोग गरिएको बिमारिका भान्जा कार्कीलाई समितिका कोषाधक्ष्य शंकर प्रसाद न्यौपाने, अध्यक्ष शोबित बहादुर थापा र सचिब टेक लाल खनाल ले सयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।