दाङ र गुल्मीमा छुट्टाछुट्टै दुर्घटनामा परी २ को मृत्यु

दाङ र गुल्मीमा शनिबार बेलुकी भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २ जना घाईते भएका छन् ।
दाङको तुल्सीपुर अमलिया सडकखण्डमा रा १ प ६२ ६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा चालक तुल्सीपुरका १८ वर्षीय खुमबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ ।  
यस्तै गुल्मीको देवीस्थानमा लु १ प ११ ५९ नम्बरको मोटरसाईकल पल्टिँदा मोटरसाइकल पछाडी बसेकी गुल्मी बलेटक्सारकी ६० वर्षीया  दमन्ती ज्ञवालीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु