चितवनको सौराहामा जीपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

काठमाडौं, चैत्र ६ । पर्यटकीय क्षेत्र सौराहामा आज बिहान जीपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

 

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार वा २ च ४६७८ नम्वरको जीपले ठक्कर दिंदा बछौली गाविस ३ का ८४ वर्षीय दलवहादुर थापाको निधन भएको हो ।

 

पर्यटकलाई जंगल घुमाएर फर्कदै गरेको जीपले वृद्धलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

 

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

rss

अन्य समाचारहरु