– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची प्रवासी समाज बहराईनले नयाँबर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।
नववर्ष २०७० को पावन अवसर पारेर समाजले शुभकामना आदान-प्रदान सगै बिभिन्न सास्कृतिक कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा बहराईन रहेका सम्पूर्ण अर्घाखाँची जिल्लाबसी तथा अन्य नेपालीलाई समेत उपस्थित भएर मनोरन्जन लिन आग्रह गरेको छ ।
हाल विश्वका ४५ भन्दा धेरै मुलुकमा अर्घाखाँची जिल्ला सग प्रतिनिधित्व गर्ने गरि सन्जाल निर्माण भएका छन । सन्जालको नेत्रित्व अन्तरास्ट्रिय अर्घाखाँची संपर्क मन्चले गरिरहेको छ । विश्वमा रहेका अर्घेलीलाई सगंठित गर्न बिदेशमा रहेका प्रवासी सन्जालको महत्वपूर्ण भूमिका हुने अन्तरास्ट्रिय अर्घाखाँची संपर्क मन्चका सयोंजक राजु खड्काले अर्घाखाँची डट्कम् लाई जानकारी दिए ।
कार्यक्रम साउथ पार्क होल मनामा आउदो अप्रिल ५ तरैख शुक्रबार दिनको १ बजे बाट हुँदै छ ।
कार्यक्रम बारे अन्य थप जानकारीको लागि कर्न थापा ३३०२८७१३, युबराज खत्री ३३८४९३८८ , कृष्ण प्रसाद गैरे ३३८२५८४१ , केशव थापा ३३८४९८३८ लाई संपर्क गर्न सकिने छ । साथै राम भट्टराई ३९६७३४५४ ,रामु सेजवाल ३३८३२९०७ र राज कुमार ३७७६०९८२ लाई समेत सम्पर्क गर्न सकिने सुर्य थापाले जानकारी दिएका छन ।