काठमाडौं ।आज विश्व क्षयरोग दिवस नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ ।
गुणस्तरीय तथा सर्वसुलभ सेवामा हाम्रो प्रतिबद्धता, क्षयरोगमुक्त संसार बनाउन विश्वब्यापी एकता भन्ने नाराका साथ यो दिवस मनाईदै छ ।
भक्तपुरमा राष्ट्रिय क्षयरोग उपचार केन्द्र भए पनि त्यहां विरामी भर्ना गरेर उपचार ष्र्ने सुविधा छैन् । सरकारले ५० शैयाको क्षयरोग रोग अस्पताल बनाउने तयारी गरेको छ ।
क्षयरोग संक्रमण भएका विरामीलाई चिकित्सकको प्त्यक्ष निगरानीमा डट्स विधिद्धारा नियमित औषधी सेवन गराउनु पर्ने हुंदा यो निकै संबेदनशील भएको चिकित्सकहरु बताउंछन् । नेपालका ४० प्रतिशत ब्यक्तिमा क्षयरोगको किटाणु रहेको अनुमान गरिएको छ ।
छुट्टै अस्पताल नभएकाले क्षयरोगका विरामीलाई विभिन्न अस्पतालमा राखेर उपचार गर्नुपरेको गुनासो सरकारी अधिकारीहरुले गरेका छन् ।
– RSS