बिभिन्न कार्यक्रमका बिच नेपाली जनसंपर्क समिति युएईले नयाँबर्षलाई स्वागत गर्ने

– उमाकान्त पाण्डे गाउंले  
नेपाली जनसंपर्क समितिले बिभिन्न कार्यक्रमका साथ नयाँ बर्ष मनाउने भएको छ । समितिको अबुधाबी क्षेत्रिय समितिले नयाँबर्ष २०७० सालको अबसर पारेर शुभकामना आदान प्रदान गर्न बनभोज कार्यक्रमको आयोजना गर्ने भएको हो ।  
अबुधाबी कोर्नेस पार्कमा  अप्रिल ५ तारिक शुक्रबार आयोजना गरीने बनभोज कार्यक्रममा युएईमा रहनु सम्पूर्ण प्रजातन्त्र प्रेमी प्रवासि जनसम्पर्क समिति प्रति आस्थावान सम्पूर्ण नेपाली हरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
बनभोज कार्यक्रमलाई मनोरन्जनात्मक तथा नेपालीपन झल्काउन नेपाली परिकार तयार गरीने समितिका युएई केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए । 
कार्यक्रमलाई ब्यबस्थित र सफल बनाउन शंकर न्यौपाने संयोजकत्वमा सोभित थापा सहसंयोजक रहेको कार्यक्रम व्यवस्थापन समिति बनाइएको क्षेत्रिय सभापति कृष्ण प्रशाद गौतमले बताए । 
उल्लेख्य रुपमा नेपालीको उपस्थिती हुने अनुमान गरिएकोले कार्यक्रममा सहभागी हुन चाहनेले अप्रिल १ तारिख भित्र सम्पर्क गर्न आयोजकले  युएईमा रहेका सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ ।
युएईमा सगंठित नेपाली जनसंपर्क समिति युएईले नेपाली बिच भाईचराको सम्बन्ध बिस्तारका लागि समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।