युएईमा नेपाली खेलकुदको बिकाश गर्न भन्दै वल्ड मङ्स सस्था खोलियो

– त्रिलोचन कोइराला
युएइमा नेपाली खेलकुदको गतिबिधिमा सक्रिय युवाहरुको मार्च २९ तारिक दुबाईको सफा पार्कमा  भएको एक भेलाले  वल्ड मङ्स नामको  खेलकुद सस्था स्थापना गरेका छन ।
युएइमा नेपाली खेलकुदलाइ बिकाश तथा व्यवशायिक बनाउने भन्दै  गठन गरिएको वल्ड मङ्स बिशेष फुटबल खेलमा सक्रिय युवाहरुको बहुलियता रहेको नब गठित समितिका सचिब राजन लुइँटेलले बताए । भेलाले गठन गरेको समितिमा विकास राइ अध्यक्ष, अनिल सेर्पा उपाध्यक्ष राजन लुइँटेल सचिब  युबराज अधिकारी सहसचिब किसोर लिम्बु कोषाध्यक्ष रहेका छन।
नब बर्षको अबसरमा युएई ब्यापी फुटबल प्रतियोगिता आयोजना  गरेर  नब गठित समितिलाई  विधिगत घोसणा गर्ने बताएको समितिले नियमित अब्याश गर्न चाहिने खेलकुदका सम्पूर्ण समंग्री खरिद गरेर आगामी साता देखि अब्याश खेल खेल्ने अध्यक्ष राइले बताए । राइले भेलामा यूएईमा रहेका जो कोहि खेलकुद प्रेमी नेपाली यस सस्थामा आबद्ध हुन् सक्ने बताए ।