नेसाको पाँचौ अन्तरास्ट्रिय सिम्पोजियम सम्पन्न

न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली बिद्यार्थीहरुको संगठन नेसा एनएमएसयुले सम्बृद्ध  नेपालका लागि ब्यबहारिक मार्ग हरु (International Conference on “Pragmatic Pathways to a Prosperous Nepal)   विषयमा पाँचौ अन्तरास्ट्रिय  एक दिने सिम्पोजीयम मार्च २३,२०१३ शनिबारका दिन सफलतापुर्बक सम्पन्न गरेको छ। अमेरिकाको न्यु मेक्सिको राज्य अन्तरगत रहेको  न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा सम्पन्न भएको  सो कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा अध्यापनरत नेपाली प्राध्यापकहरु र स्नातकोत्तर तथा विद्यावारिधि अध्यनरत नेपाली तथा बिदेशी बिध्यार्थीहरु द्वारा विभिन्न अनुसन्धानमुलक   सामग्री हरु प्रस्तुत गरिएका थिए।
नेपाली तथा अमेरिकी र अन्य विदेशी विज्ञ एवं विध्यार्थीहरुको उलेख्य सहभागिता रहेको सो कार्यक्रममा सस्थाका  सभापति गंगा आचार्य द्वारा स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो  भने  संस्थाका सल्लाहकार न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. राम आचार्यले  कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो|| कार्यक्रममा मुख्य बक्ताका रुपमा  प्रतिष्ठीत हार्वर्ड बिश्वविद्यालयका नेपाली प्राध्यापक डाक्टर शिव गौतमले  नेपालको शिक्षामा ई-लाइब्रेरी र ई-लर्निंगमा उहा द्वारा गरिएका  प्रयास र प्रगति सम्बन्धित   उत्प्रेरणा मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।  
दुइ सत्रमा आयोजना गरिएको सो कार्यक्रमको पहिलो सत्रमा विभिन्न अमेरिकी विश्वबिधालयहरुमा स्नातकोत्तर तथा बिधाबारिधी तहमा अनुसन्धान भइरहेको विभिन्न बिषयहरुसंग सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| उक्त सत्रमा गणित बिभागका प्रेस्टन कैथ र  भ्यालेरी होगुइन,  भौतिक शास्त्रका इशान दाहाल, इलेक्ट्रिकल इन्जिनीरिंगका ओम प्रसाद दाहाल र मालती चौधरी,केमिस्ट्रीका ऋषी सापकोटा र तारा नेवार, शिक्षामा रोशनी राजबंशी,   र जीव बिज्ञानमा   फनिधर कुकुल्ताले े  आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, विद्युत र विज्ञान तथा प्रविधिसंग सम्बन्धित अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो| युनिभर्सिटी अफ टेक्सास का रमेश पोखरेलले नेपाली राजनीतिमा  र    अथितिको रुपमा डाक्टर छिरिंग शेर्पाले नेपालको स्वास्थ सम्बन्धि रोचक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डाक्टर अनुप अमात्यले अमेरिकी शैक्षिक जागिरे जीवनका उपयोगी अनुभब हरु प्रस्तुत गर्नु  भएको थियो | मध्यान्न   लन्च आवोर मा गणीत विभागका सिमप्लिस चाम्ना, लोकेन्द्र पौडेल र दीपक बस्यालका पोस्टर प्रस्तुतीले   सहभागी हरु लाइ ब्यस्त बनाएको देखिन्थ्यो| 
बिहान ९  बजे सुरु भएको सो कार्यक्रमको  समापन नेसाका शैक्षिक विभागका  निर्देशक तथा कार्यक्रम संयोजक प्रदिप अर्यालको धन्यबाद मन्तब्य संगै साझ ५ बजे गरिएको थियो|